राष्ट्रपति, लोकसभा अध्यक्ष र गृहमन्त्रीसहित नेताहरूले लोहड़ी, पोङ्गल, बिहुको शुभकामना दिए
लोहड़ी पर्व


नयाँ दिल्ली, 13 जनवरी (हि.स.)। राष्ट्रपति द्रौपदी मुर्मु, लोकसभा अध्यक्ष ओम बिरला र गृहमन्त्री अमित शाहसहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मार्फत देशवासीलाई लोहड़ी, पोङ्गल, मकर सङ्क्रान्ति र माघ बिहु पर्वको शुभकामना दिएका छन्। सबै नेताहरूले जनताको सुख, समृद्धि, खुशी र नयाँ ऊर्जाको कामना गरेका छन्। उनीहरूले यी पर्वहरू समृद्ध कृषि परम्परा, प्रकृतिप्रति कृतज्ञता र राष्ट्रिय एकताको प्रतीकका रूपमा स्थापित भएको बताएका छन्।

राष्ट्रपति द्रौपदी मुर्मुले विश्वभर रहेका भारतीयहरूलाई लोहड़ी, पोङ्गल, मकर सङ्क्रान्ति, र माघ बिहुको शुभकामना दिँदै यी पर्वहरू भारतका समृद्ध कृषि परम्परा र राष्ट्रिय एकताको प्रतीक भएको उल्लेख गरिन्। यस अवसरमा हामी प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्दै अन्नदाता किसानप्रति आभार प्रकट गर्छौं। यी पर्वहरूले सबैको जीवनमा सुख–समृद्धि ल्याओस् भन्ने उनको कामना रहेको छ।

लोकसभा अध्यक्ष ओम बिरलाले तिल–गुडको मिठास, ढोलको गुञ्जन तथा गिद्दा र भाङ्गडाको ऊर्जासँगै लोहड़ीले सबैको जीवनमा सुख, समृद्धि र नयाँ खुशी ल्याओस् भन्ने शुभेच्छा व्यक्त गरे। गृहमन्त्री अमित शाहले उत्साह, उमंग र नयाँ ऊर्जाको प्रतीक लोहड़ी पर्व सबैका लागि सुख–समृद्धिको माध्यम बनोस् भन्ने कामना गरेका छन्।

कांग्रेस अध्यक्ष मल्लिकार्जुन खरगेले हर्ष र उल्लासको यो पर्वले सबैको जीवनमा अपार खुशी र समृद्धि ल्याओस् भन्ने आशा व्यक्त गरे। केन्द्रीय सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले यो पावन पर्वले सबैलाई खुशहाली, सुख–शान्ति र सकारात्मक ऊर्जा प्रदान गरोस् भनेका छन्।

केन्द्रिय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले यो लोक पर्वले सबैको जीवनमा नयाँ ऊर्जा र उत्साह भरी समाजमा सौहार्द, समृद्धि र खुशहाली अझ सुदृढ बनाओस् भन्ने मंगलकामना व्यक्त गरे। लोकसभाका नेता प्रतिपक्ष राहुल गान्धीले यो पावन पर्वले सबैको जीवनमा धेरै खुशी, सुख र शान्ति ल्याओस् भनी कामना गरेका छन्।

पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीप सिंह पुरीले प्रकृतिमाताले सबैमाथि आफ्नो कृपा बनाइराखून् र सबैको जीवन आनन्द तथा खुशीले भरियोस् भन्ने कामना गरे। केन्द्रिय कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले देशवासीको खुशहालीको कामना गर्दै प्रत्येक घर–आँगन धन–धान्य, सुख र समृद्धिले भरियोस्, हरेक खेतमा बाली लहलहाओस् र लोहड़ीको पावन प्रकाशले सबैको जीवनमा नयाँ आशा, नयाँ ऊर्जा र अपार खुशी ल्याओस् भन्ने प्रार्थना गरेका छन्।

केन्द्रिय संस्कृति तथा पर्यटन मन्त्री गजेन्द्र सिंह शेखावतले उमंग, उल्लास र खुशहालीको पावन पर्व लोहड़ीका अवसरमा देशवासीहरूलाई, विशेषगरी पंजाबका दाजुभाई तथा दिदीबहिनीहरूलाई ऊर्जा र स्वास्थ्यले भरिएको शुभकामना दिए। केन्द्रिय कपडा मन्त्री गिरिराज सिंहले लोहड़ीको पावन पर्वले सबैको जीवनमा सुख, समृद्धि र खुशहाली ल्याओस् भन्ने कामना व्यक्त गरेका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande