
गुवाहाटी, 13 जनवरी (हि.स.)। असममा आज हर्षोल्लासको साथमा माघ बिहूको उरुका मनाइरहेको छ। यो दिन सामूहिक भोजको प्रतीक हो जतिबेला परिवार, आफन्त तथा छिमेकीहरू एकैसाथ बसेर भोजन सेवन गर्दछन्। भोगाली बिहूको अवसरमा सम्पूर्ण असममै उत्सवको माहोल देख्ने पाइँदैछ।
उरुकाको अवसरमा राज्यका विभिन्न माछा बजारहरूमा विराट-विराट माछाहरूको आगमन भएको छ जसबाट ग्राहकहरूको व्यापक भीड़ उर्लिएको छ। गुवाहाटीको उजान बजार माछा घाटमा विशाल आकारको माछालाई बिक्रीको लागि ल्याइएको छ जसलाई खरिद गर्नका लागि मानिसहरूमा विशेष उत्साह देखिएको छ।
नलबाड़ीको गोपाल बजार माछा बजारमा 26 किलोग्राम वजन भएको बिग हेड माछालाई बिक्री गर्नको लागि ल्याइएको छ जसलाई हेर्न र खरिद गर्नका लागि ठूलो संख्यामा ग्राहकहरू गइरहेका छन्।
तेजपुरको माछा बजारमा पनि विशाल माछा आकर्षणको केन्द्र बन्न पुग्यो। यहाँ 27 किलोग्राम चितल माछा, 25 किलोग्राम सिलघोरिया माछा जुन 50 हजार रुपियाँमा बिक्री भयो, तथा 30 किलोग्रामको बाहु माछा बजारमा उपलब्ध रह्यो।
यता बोकाखातको लोयड एन्टरप्राइज माछा बजारमा 35 किलोग्राम वजन भएको बिग हेड माछालाई ल्याइएको छ। यस अतिरिक्त पिठिया माछा, आरी माछा सहित अन्य प्रजातिका माछाहरू पनि बजारमा उपलब्ध रह्यो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा