डम्पर संचालनमाथि कड़ा फसेला, वाहन चालकहरूको संगठनसित मेयर गौतम देवको बैठक
डम्पर संचालनमाथि कड़ा फसेला, वाहन चालकहरूको संगठनसित मेयर गौतम देवको बैठक


सिलगढ़ी, 13 जनवरी (हि. स.)। शहरमा डम्पर समेत भारी वाहनहरूको बेलगाम आवात-जावतमाथि रोक लगाउनको लागि सिलगढ़ी नगरनिगमले कड़ा कदम उठाउने निर्णय लिएको छ। मंगलवार मेयर गौतम देवले शहरका विभिन्न वाहन चालक संगठनहरूसित भएको एक महत्वपूर्ण बैठकमा सो निर्णय लिए।

बैठकमा ट्राफिक डीसीपी अभिषेक मजुमदार, नगरनिगम कमिश्नर, सिलगढ़ी नगरनिगमका अधिकारी औ विभिन्न वाहन चालक संगठनहरूका प्रतिनिधिगण उपस्थित थिए।

बैठकमा बताइयो, शहरका सड़कहरूमा भारी वाहनहरूको आवागमनको लागि एक निश्चित समय-सीमा तय गरिनेछ। हाल राती 8 बजेदेखि बिहान 9 बजेसम्म मात्र डम्पर चलाउने अनुमति दिइनेछ। दिउँसो सामान्य रूपमा कुनै पनि डम्परलाई शहरमा चल्ने अनुमति दिइनेछैन।

तथापि यदि दिउँसो कुनै सरकारी कार्यको लागि डम्पर चलाउन आवश्यक हुन्छ भने यसको लागि पुलिसबाट पूर्वानुमति लिनुपर्छ अनि सम्बन्धित वाहनले निर्धारित अनुमति पत्रको बोर्ड टाँसेर मात्र परिचालन गर्नुपर्नेछ। यस अतिरिक्त शहरका आवासीय क्षेत्रहरूमा भारी वाहनहरूलाई प्रवेश गर्नदेकि रोक्नको लागि विभिन्न महत्वपूर्ण स्थानहरूमा हाई-बार लगाउने निर्णय लिइएको छ। साथै वाहन चालक संगठनहरूलाई यो पनि स्पष्ट रूपमा बताइएको छ कि सबै डम्पर चालकहरूसित वैध ड्राइभिंग लाइसेन्स हुन अनिवार्य छ।

मेयर गौतम देवले अझ भने, डम्पर तथा भारी वाहनहरूको आवागमनसित सम्बन्धित मुद्दाहरूमाथि चाँड़ै नै सबै संगठनहरूलाई लिएर एक उच्चस्तरीय बैठक डाकिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande