बिहान-बिहान मेट्रो सेवा बाधित, ब्लू लाइनमा यात्रीहरूलाई ठूलो समस्या
बिहान-बिहान मेट्रो सेवा बाधित, ब्लू लाइनमा यात्रीहरूलाई ठूलो समस्या


कोलकाता, 13 जनवरी (हि. स.)। कोलकातामा मंगलवार बिहान मेट्रो सेवामा अचानक आइलागेको तकनिकी बाधाको कारणले यात्रीहरूलाई विभिन्न समस्याको सामना गर्नु पऱ्यो। बिहान लगभग 7 बजेपछि सेन्ट्रलदेखि महानायक उत्तमकुमार स्टेशनबीच मेट्रो सेवा लगभग 45 मिनटसम्म पूर्ण रूपमा बन्द रह्यो। यस अवधि दक्षिणेश्वरदेखि सेन्ट्रलसम्म अनि महानायक उत्तमकुमारदेखि शहीद खुदीरामसम्म मेट्रोलाई ‘परिवर्तिक मार्ग’- मा चलाइयो।

बिहान लगभग 8 बजे दक्षिणेश्वरदेखि मैदानसम्म सेवा बहाल गरिएको भए पनि सम्पूर्ण मार्गमा मेट्रो परिचालन अहिले पनि सामान्य हुन सकेको छैन। हाल ब्लू लाइन (दक्षिणेश्वर–शहीद खुदीराम)-मा आंशिक रूपमा सेवा जारी छ।

मेट्रो प्रशासनले सेवा बाधित भएको सन्दर्भमा अहिलेसम्म कुनै आधिकारिक बयान जारी गरेको छैन। स्टेशनहरूमा घोषणा मात्र गरिँदैछ- “अनिवार्य कारण”-ले सम्पूर्ण मार्गमा सेवा उपलब्ध गराउन सकिँदैन, तथापि कुनै ठोस कारण भने उल्लेख गरिएको छैन।

सूत्र अनुसार नेताजी भवन र रवीन्द्र सदन स्टेशनबीच सुरूंगमा एउटा मेट्रो ट्रेन फसेको कारणले यस्तो स्थिति उत्पन्न भएको हो। यद्यपि यस सम्बन्धमा मेट्रो अधिकारीहरूले अहिलेसम्म पुष्टि गरेका छैनन्।

बिहानको व्यस्त समयमा यसरी आइलागेको बाधाले गर्दा कार्यालय जाने यात्रीहरूलाई सबैभन्दा बढ़ी समस्या भयो। ब्लू लाइनलाई कोलकाताको सबैभन्दा व्यस्त र महत्वपूर्ण लाइनहरूमध्ये एक मानिन्छ जहाँ प्रतिदिन भारी संख्यामा यात्रीहरूले यात्रा गर्दछन्।

यसरी बारम्बार मेट्रो सेवामा भइरहेको यस किसिमको बाधालाई लिएर यात्रीहरूमा असन्तुष्टि बढ़्दो छ। यात्रीहरूको भनाइ छ, मेट्रो प्रशासनले तकनिकी समस्याको मात्र स्थायी समाधान नगरेर सममा तथा पारदर्शी सूचना व्यवस्था पनि सुनिश्चित गर्नुपर्छ।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande