नम्ली जीपीयूको मिडल क्याम्प आँगनवाडी केन्द्रमा स्वास्थ्य शिविर सम्पन्न
स्वास्थ्य शिविर


गान्तोक, 13 जनवरी (हि.स.)। स्वास्थ्य एवं परिवार कल्याण विभागको समन्वयमा आज नम्ली जीपीयू अन्तर्गत मिडल क्याम्प आँगनवाडी केन्द्रमा एकदिने स्वास्थ्य शिविरको आयोजना गरियो। कार्यक्रममा पञ्चायत सदस्य डीबी कार्की प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

स्वास्थ्य शिविरमा विभिन्न विशेषज्ञ चिकित्सकहरूको सहभागितामा बिरामीहरूको परीक्षण तथा उपचार गरिएको भथियो। शिविर अन्तर्गत सामान्य चिकित्सा, बालरोग, अर्थोपेडिक र ईएनटी सेवा प्रदान गरिएको थियो। यसका साथै डा. राजीव राज पाण्डे, मेडिकल अफिसर तथा उनको टोलीको नेतृत्वमा मोबाइल भिलेज क्लिनिक भ्यानमार्फत पनि स्वास्थ्य सेवा प्रदान गरिएको थियो।

मिडल क्याम्प स्वास्थ्य तथा वेलनेस केन्द्रकी कर्मचारी बिनिता छेत्री सम्पूर्ण कार्यक्रमको समग्र इन्चार्ज थिइन्। शिविरका क्रममा बिरामीहरूको सामान्य स्वास्थ्य परीक्षण जस्तै र्‍यान्डम सुगर, रक्तचाप (ब्लड प्रेसर), एलएफटी/केएफटी परीक्षण गरिनुका साथै आवश्यक औषधि निःशुल्क वितरण गरिएको थियो। उक्त स्वास्थ्य शिविरमा १०० भन्दा बढी स्थानीय बासिन्दाको सहभागिता रहेको थियो। कार्यक्रम सफल रूपमा सम्पन्न भएको आयोजकले जनाएकाे छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande