
नयाँ दिल्ली, 13 जनवरी (हि.स.)। बाहिरी उत्तरी जिल्लाको नरेला औद्योगिक क्षेत्रमा मंगलवार बिहान त्यसबेला कोकोहोलो मचियो जतिबेला यहाँको एउटा गोदाममा भयानक आगो लाग्यो। यस भयानक आगलागीलाई नियन्त्रण गर्नको लागि दमकल विभागलाई 14 वटा वाहनहरूलाई घटनास्थलमा पठाउनु पऱ्यो।
दमकल विभागका अधिकारीहरू अनुसार बिहान लगभग 7 बजे गोदाममा आगो लागेको सूचना पाइयो। हेर्दा-हेर्दै आगोले विकराल रूप धारण गऱ्यो अनि बेसमेन्टदेखि माथिल्लो तलाहरूसम्ममा फैलियो। आगको भयानक रूप देखेर वरपरका क्षेत्रमा बसोबास गर्ने मानिसहरूसम्म भयभित भए। कतिपय मानिसहरू घरबाट बाहिर निक्लिए। सूचना पाउनसाथ दमकल विभागीय टीम घटनास्थलमा पुग्यो अनि आगो निभाउने अभियानमा जुट्यो। आगोलाई निभाउनको लागि घण्टौसम्म प्रयास गरियो। अधिकारीहरूको भनाइ छ, आगोलाई धेरै हदसम्म नियन्त्रण गरिसकिएको छ तथापि पूर्ण रूपमा नियन्त्रण गर्ने काम जारी छ।
यस घटनामा कुनै प्रकारको जनहानि भएको सूचना प्राप्त नभए पनि गोदाममा राखिएको सामानहरूलाई ठूलो नोक्सान भएको आशंका व्यक्त गरिँदैछ। आगलागीको कारण अहिलेसम्म स्पष्ट हुन सकेको छैन। प्रारम्भिक जाँचमा शर्ट सर्किट वा ज्वलनशील पदार्थको कारणले आगो लागेको हुनसक्ने सम्भावनालाई नकार्न सकिँदैन।
दमकल विभाग र पुलिसका टीमहरू घटनास्थलमै उपस्थित छन् जसले स्थितिमाथि नजर राखिरहेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा