खबर कागजमा खाद्य पदार्थको प्याकिंग स्वास्थ्यको लागि घातक
खबर कागजमा खाद्य पदार्थको प्याकिंग स्वास्थ्यको लागि घातक


-खाद्य एवं औषधि प्रशासनको आमजन एवं खाद्य व्यापारीहरूसित अपील

धमतरी, 13 जनवरी (हि.स.)। न्यूनतम लागतको कारणले खाद्य पदार्थ लैजाने-ल्याउने एवं प्याकिंगमा प्रायः छपाईमा उपयोग गरिएको अकबारी कागज अथवा प्रिन्टेड पेपरलाई प्रयोग गरिँदै आएको छ। विशेष गरी स्ट्रीट फुडलाई खबर कागजमा बेरेर तथा घरहरूमा पनि तारेको खाद्य पदार्थबाट अतिरिक्त तेललाई चुस्नको लागि खबर कागज उपयोग हुनु सामान्य कुरा भएको छ जुन स्वास्थ्यको दृष्टिले अत्यन्त खतरनाक हो।

खाद्य एवं औषधि प्रशासन अनुसार पर्यावरणीय परिस्थितिबाट भोजनलाई सुरक्षित राख्नको लागि उचित खाद्य प्याकेजिंग आवश्यक छ, तर खबर कागज वा प्रिन्टिंग पेपरको उपयोगबाट त्यसमा रहेको स्याही भोजनमा स्थानान्तरण हुन्छ जसबाट भोजनको गुणस्तर एवं सुरक्षा प्रभावित हुन्छ जुन मानव स्वास्थ्यको लागि गम्भीर रूपमा हानिकारक हो।

खबर अथवा प्रिन्टेड पेपरको छपाईमा प्रयुक्त स्याहीमा डाई आइसोब्यूटाइल फ्थेलेट, डाइ-एन-आइसोब्यूटाइलेट सहित अनेकौं हानिकारक रसायनहरू पाइन्छ। यी पदार्थहरू तेलसित मिसिएर भोजनको माध्यमबाट शरीरमा प्रवेश गर्छ जसबाट पाचन सम्बन्धि विकार, विषाक्तता, विभिन्न प्रकारका क्यान्सर, महत्वपूर्ण अंगहरूको विफलता तथा प्रतिरक्षा तन्त्र कमजोर हुनु जस्ता गम्भीर बिमारीहरू हुने आशंका बढ़्छ।

यी तथ्यहरूलाई ध्यानमा राख्दै खाद्य एवं औषधि प्रशासन, छत्तीसगढ़ जिल्ला-धमतरीद्वारा आम नागरिक एवं समस्त खाद्य व्यापारीहरूसित अपील गरिएको छ कि खानपानको वस्तुहरूको लेन-देन एवं प्याकिंगमा खबर कागज वा कुनै प्रकारको प्रिन्टेड पेपरलाई उपयोग नगरियोस्। यदि कुनै खाद्य व्यापारीले यसो गरेको पाइयो भने सम्बन्धित व्यापारीलाई यसको दुष्प्रभाव तथा सम्भावित स्वास्थ्य जोखिमहरूबारे जानकारी गराउँदै यस्तो नगर्ने सल्लाह दिइयोस्। बारम्बार सम्झाउँदा पनि यदि कुनै खाद्य व्यापारीले नियमहरूको पालन गर्दैन भने यसको सूचना खाद्य सुरक्षा अधिकारी, खाद्य एवं औषधि प्रशासन, जिल्ला धमतरीको मोबाइल नम्बर- 87706 01262- दिइयोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande