प्रधानमन्त्री मोदीले विकसित भारत यङ्ग लिडर्स डायलगमा युवाहरूलाई सिर्जनशीलता र विरासतलाई विश्वस्तरमा चिनाउन आह्वान गरे
पीएम


नयाँ दिल्ली, 13 जनवरी (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले ‘विकसित भारत यङ्ग लिडर्स डायलग’ कार्यक्रममा युवाहरूलाई देशको सिर्जनात्मक शक्तिको केन्द्र बताउँदै कन्टेन्ट, क्रिएटिभिटी, नेक्स्ट जेनेरेसन रिफर्म्स तथा भारतीय सांस्कृतिक विरासतलाई विश्व मञ्चमा अघि बढाउन आह्वान गरेका छन्।

प्रधानमन्त्रीले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मा गरेका विभिन्न पोस्टमार्फत पछिल्ला ११ वर्षमा देशका सबै क्षेत्रमा अपार सम्भावनाका ढोका खुलेको उल्लेख गरे। उनले कन्टेन्ट र क्रिएटिभिटी क्षेत्रमा युवाको भूमिकामाथि जोड दिँदै रामायण र महाभारतका प्रेरणादायी कथाहरूलाई गेमिङ संसारको हिस्सा बनाउन सकिने बताए। प्रधानमन्त्रीका अनुसार, हनुमानजीजस्ता पात्रहरूले विश्वव्यापी गेमिङ उद्योगलाई नै नयाँ दिशा दिन सक्छन्।

प्रधानमन्त्री मोदीले नेक्स्ट जेनेरेसन रिफर्म्सको प्रक्रिया अब ‘रिफर्म एक्सप्रेस’ को रूपमा अघि बढिरहेको र यसको केन्द्रमा देशको युवा शक्ति रहेको बताए।

एक अर्को पोस्टमा प्रधानमन्त्रीले गुलामीको मानसिकताबाट बाहिर निस्केर आफ्नै विरासत र विचारलाई अघि बढाउनुपर्ने आवश्यकता औंल्याए। उनले स्वामी विवेकानन्दको जीवनले पनि युवाहरूलाई यही सन्देश दिएको उल्लेख गरे।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande