कलकत्ता उच्च अदालतले नेता प्रतिपक्षको लस्करमाथि हमलाको सीबीआई जाँचसित सम्बन्धित याचिकालाई स्वीकार गऱ्यो
कलकत्ता उच्च अदालतले नेता प्रतिपक्षको लस्करमाथि हमलाको सीबीआई जाँचसित सम्बन्धित याचिकालाई स्वीकार गऱ्यो


कोलकाता, 13 जनवरी (हि. ,स.)। पश्चिम बंगाल विधानसभामा नेता प्रतिपक्ष शुभेन्दु अधिकारीको लावा-लस्करमाथि गत साता भएको कथित हमलाको केन्द्रिय अन्वेषण ब्यूरो (सीबीआई) मार्फत जाँच गराउनुपर्ने मागमा दर्ता याचिकालाई कलकत्ता उच्च अदालतले स्वीकार गरेको छ। यो याचिका गए सोमवार उच्च अदालतको एकल पीठमा दर्ता गरिएको थियो।

न्यायमूर्ति शुभ्रा घोषको एकल पीठले याचिकालाई स्वीकार गरेको भए पनि मामिलाको पहिलो सुनवाईको मिति अहिलेसम्म तय भएको छैन।

यो मामिलालाई केन्द्र सरकारको गृह मन्त्रालयले पनि गम्भीर रूपमा लिएको छ। गृह मन्त्रालयले यस सम्बन्धमा नेता प्रतिपक्षको कार्यालयबाट विस्तृत रिपोर्ट मागेको थियो।शुभेन्दु अधिकारीको कार्यालयले गत 10 जनवरीको राती उनको लस्करमा भएको हमलासित सम्बन्धित पाँच वटा भीडियो पहिला नै गृह मन्त्रालयलाई पठाइसकेका छन्।

सूत्र अनुसार केन्द्रिय गृहमन्त्री अमित शाहले स्वयं शुभेन्दु अधिकारीसित फोनमा बातचित गरी घटनाको जानकारी लिए। लगभग 15 मिनटसम्म भएको बातचितमा अधिकारीले चन्द्रकोणामा भएको सम्पूर्ण घटनाको विस्तृत विवरण गृहमन्त्रीलाई दिए।

भनिन्छ, गत 10 जनवरीको अबेर साँझ पश्चिम मेदिनीपुर जिल्लाको चन्द्रकोणा क्षेत्रमा शुभेन्दु अधिकारीको लावा-लस्करमाथि हमला भयो। अधिकारी पुरूलिया जिल्लामा आयोजित एक राजनीतिक कार्यक्रममा सामेल भएपछि कोलकाता फर्किरहेका थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande