
चेन्नई, १३ जनवरी (हि.स.)।
श्रीलंकाको नौसेनाले तमिलनाडुको रामेश्वरमका १० जना माछा मार्नेहरूलाई सीमापारी माछा मारेको आरोपमा पक्राउ गरेको छ। यस क्रममा एउटा माछा मार्ने डुङ्गा पनि नियन्त्रणमा लिइएको छ।
प्राप्त जानकारीअनुसार, उक्त घटना नेदुनथीवु क्षेत्रको हो। पक्राउ परेका माछा मार्नेहरूलाई जाफना मत्स्य विभागका अधिकारीहरूसामु पेश गरिने बताइएको छ।
उल्लेखनीय छ, तमिलनाडु र पुडुचेरीका माछा मार्नेहरूलाई सीमापारी माछा मार्ने आरोपमा श्रीलंकाका नौसेनाद्वारा पक्राउ गर्ने र उनीहरूको डुङ्गा जफत गरी सरकारी सम्पत्ति घोषणा गर्ने घटनाहरू पछिल्ला दिनहरूमा बारम्बार देखिँदै आएका छन्। यसले माछा मार्ने समुदायको जीविकोपार्जनमा गम्भीर असर पारिरहेको छ।
माछा मार्नेहरूको पक्राउपछि उनीहरूका परिवार तथा स्थानीय माछा मार्ने समुदायमा आक्रोश फैलिएको छ। उनीहरूको आरोप छ, श्रीलंकाको नौसेनाले समुद्री सीमाको अतिक्रमण गर्दै कारबाही गरेको हो। पक्रा परेका माछा मार्नेहरूको तत्काल रिहाइको माग गरिएको छ।
यसैबीच, श्रीलंकाको नौसेनाले पक्रा परेका माछा मार्नेहरूसँग सोधपुछ गरिरहेको छ। माछा मार्नेहरूले केन्द्र र राज्य सरकारसँग यस्ता घटनाहरू रोक्न श्रीलंकासँग ठोस कूटनीतिक पहल गर्न आग्रह गरेका छन्।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी