
नयाँ दिल्ली, 13 जनवरी (हि.स.)। बाहिरी जिल्लाको रानी बाग क्षेत्रमा गए सोमवार अबेर राती आगलागी भएको कारणले कोकोहोलो मचियो। आगोको चपेटमा परी एउटा गोदाम र वरपरका झोपड़ीहरूमा सुतेका दुईजना मानिसहरूको जिउँदै जलेर मृत्यु भयो भने गोदाममा राखिएको लाखौं रुपियाँको सामान जलेर खरानी भयो। आगोलाई निभाउनको लागि दमकल कर्मीहरूलाई रातभरि नै कड़ा परिश्रम गर्नुपऱ्यो।
दमकल विभाग अनुसार गए सोमवार अबेर राती लगभग 1:30 बजे ओल्ड पितमपुरा गाउँबाट आगो लागेको सूचना प्राप्त भयो। आगो द्रूत गतिमा फैलिएर हेर्दा-हेर्दै गोदाम सहित वरपरको झोपड़ीलाई पनि आफ्नो चपेटमा लियो। सूचना पाउनसाथ दमकल विभागको नौ वटा वाहन घटनास्थलमा पुगेर आगो निभाउन लागिपऱ्यो।
भीषण आगोको कारणले भित्र फसेका दुईजना मानिसहरूलाई बाहिर निकाल्न सकिएन। पछि उनीहरूको जलेको लाश भेटियो जसको पहिचान विरेश र सतिशको रूपमा भएको छ। दुवै शवलाई पोस्टमर्टम गर्नको लागि भगवान महावीर अस्पतालमा पठाइएको छ।
स्थानीय मानिसहरूको भनाइ छ, आगोको स्वरूप भयानक थियो। टाड़ा-टाड़ाबाटै ह्वारह्वारती आगो बलेको देखिरहेको थियो। दमकल कर्मीहरूले घण्टौंसम्म परिश्रम गरेर आगोलाई नियन्त्रण गरे, तर त्यसबेलासम्ममा आगोलो ठूलो नोक्सान गरिसकेको थियो। गोदाममा राखिएको लाखौंको सामान पूर्ण रूपले जलेर नष्ट भएको छ।
हाल आगलागीको कारण पत्तो लाग्न सकेको छैन। पुलिस र दमकल विभगको टीमले संयुक्त रूपमा मामिलाको जाँच गरिरहेको छ। प्रारम्भिक रूपमा शर्ट सर्किट भएको हुनसक्ने आशंका व्यक्त गरिँदैछ तथापि आधिकारिक रूपमा पुष्टि भएको छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा