
बरेली, 13 जनवरी (हि.स.) । उत्तर प्रदेशको बरेलीमा जिलेला एवं महानगर कंग्रेस कमिटीद्वारा आज मनरेगा बचाऔं संग्राम अन्तर्गत चौकी चौरस्तास्थित महात्मा गान्धी प्रतिमा पार्कमा एक दिवसीय उपवास गरियो। कंग्रेस नेताहरूले महात्मा गान्धीको प्रतिमा समक्ष उपवास राखेर केन्द्र तथा राज्य सरकारका नीतिहरूको विरोध गरे।
उपवासपछि जिल्ला कंग्रेस कमिटीका अध्यक्ष मिर्जा अशफाक सकलैनीले भने, मनरेगा गरीब एवं ग्रामीण श्रमिकहरूको लागि जीवनरेखा हो। यो योजनाले कड़ोरौं मानिसहरूलाई रोजगार दिएर उनीहरूको परिवारको पालन-पोषण गर्छ। उनले आरोप लगाए, भाजपाको डबल इञ्जन सरकारले मनरेगाको नाम र स्वरूप परिवर्तन गरेर यसलाई कमजोर बनाइरहेको छ जुन जनहितको विरोधमा छ। प्रदेश कंग्रेस कमिटीका प्रवक्ता डा. के.बी. त्रिपाठीले भने, यूपीए-1 सरकारले 2 फरवरी, 2006 -मा नरेगा अधिनियम लागू गरेर ग्रामीण भारतलाई रोजगारको अधिकार दिएको थियो। यो योजना महिला सशक्तिकरण तथा अर्थव्यवस्थाको लागि सञ्जीवनी साबित भयो।
महानगर कंग्रेस अध्यक्ष दिनेश दद्दा एडभोकेटले भने, कंग्रेस पार्टी मनरेगाको न्यूनतम पारिश्रमिक 4 सय रुपियाँ सुनिश्चित गर्नक लागि प्रतिबद्ध छ। प्रदर्शनमा कृष्णकान्त शर्मा, पं. राज शर्मा, जिया उर रहमान, डा. मेहन्दी हसन, डॉा हरिश गंगवार समेत ठूलो संख्यामा कंग्रेस कार्यकर्ताहरू उपस्थित थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा