एकै रातमा अढ़ाई डिग्री तापमान घट्यो, दक्षिण बंगालमा फेरि बढ़्नेछ चिसो
एकै रातमा अढ़ाई डिग्री तापमान घट्यो, दक्षिण बंगालमा फेरि बढ़्नेछ चिसो


कोलकाता, 13 जनवरी (हि. स.)। कोलकाता समेत दक्षिण बंगालमा चिसो फेरि बढ़ेको छ। गत आइतवार राती शहरको न्यूनतम तापमान 15 डिग्री सेल्सियससम्म पुगेको थियो भने सोमवार राती फेरि 2.5 डिग्रीभन्दा अधिक घट्यो अर्थात तापमान घटेर 12.4 डिग्रीसम्म पुग्यो। यसले गर्दा मकर संक्रान्तिको दिन जाड़ोको प्रभाव अझ तीव्र महसूस हुने सम्भावना बढ़ेको छ।

मौसम विभागले पहिला नै संकेत दिएको थियो, तापमानमा सामान्य वृद्धि स्थायी हुनेछैन। तथापि केही समयको लागि जाड़ो कमजोर भए पनि अब फेरि चिसो हावाको प्रभाव स्पष्ट रूपमा देखिन थालेको छ।

मौसम विभाग अनुसार दक्षिण-पश्चिम बंगालको खाड़ीमा विकसित निम्न दबावसित जोड़िएका बादलहरूको बाहिरी भाग (क्लाउड ब्याण्ड)-को कारणले उत्तरबाट आउने चिसो हावा केही समयसम्मको लागि बाधित भएको थियो परिणामस्वरूप राज्यका केही बागहरूमा रातको तापमान अस्थायी रूपमा बढ़ेको थियो। तथापि कोलकाता लगायत लगभग सबै जिल्लाहरूमा न्यूयनतम तापमान अहिले पनि सामान्यभन्दा कमै छ।

अलिपुर मौसम कार्यालयद्वारा मंगलवार बिहान जारी रिपोर्ट अनुसार दक्षिण बंगालमा कल्याणीको न्यूनतम तापमान सबैभन्दा कम 7.5 डिग्री सेल्सियस दर्ता गरियो। यस अतिरिक्त आसनसोलमा 9.2 र झाड़ग्राममा 9.8 डिग्री सेल्सियस रह्यो।

उत्तर बंगालका मैदानी क्षेत्रहरू क्रमैले कुचबिहार (9.1), रायगञ्ज (9.5) र जलपाईगुड़ी (9.7)- मा तापमान सिंगल डिजिटमा रह्यो।

पर्वतीय क्षेत्रहरू क्रमैले दार्जीलिङमा न्यूनतम तापमान 3.6 डिग्री सेल्सियस औ कालेबुङमा 9 डिग्री सेल्सियस दर्ता गरियो।

यस सीजनमा पहिलो पटक दक्षिण बंगालमा सबैभन्दा अधिक चिसो श्रीनिकेतनको सट्टा कल्याणी भएको छ जसले सबैभन्दा कम तापमान दर्ता गरी नयाँ रकेर्ड बनाएको छ।

मौसम विभागको भनाइ छ, बंगालको खाड़ीमा विकसित निम्न दबाव क्षेत्र कमजोर भएपछि राज्यभरि नै चिसो तीव्र हुनेछ। मकर संक्रान्तिको दिन कठ्याङ्ग्रिने जाड़ो हुने पूर्ण सम्भावना छ।

पूर्वानुमान मुताविक आजदेखि आगामी दुई दिनसम्म दक्षिण बंगालमा रातको तापमान 2-3 डिग्री सेल्सियससम्म घट्नसक्छ। त्यसपछि आगामी चार-पाँच दिनसम्म तापमानमा कुनै ठूलो बद्लाउ हुने सम्भावना छैन। न्यूनतम तापमान सामान्य नै रहिरहनेछ।

उत्तर बंगालमा पनि आगामी एक सातासम्म रातको तापमानमा विशेष उतार-चढ़ाउ हुने सम्भावना छैन।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande