अरुणाचल प्रदेशका राज्यपाल परनाइक सिक्किमबाट फर्किए
अरुणाचल प्रदेशका राज्यपाल परनाइक सिक्किमबाट फर्किए


गान्तोक, 13 जनवरी (हि.स.)। अरुणाचल प्रदेशका राज्यपाल लेफ्टिनेन्ट जनरल (सेवानिवृत्त) कैवल्या त्रिविक्रम परनाइक आफ्नो तीन दिवसीय भ्रमणपछि मंगलबार सिक्किमबाट फर्किएका छन्। उनी आज बिहान राजधानीको बुर्तुकस्थित हेलिप्याडबाट हेलिकप्टरमा प्रस्थान भए।

अरुणाचल प्रदेशका राज्यपाल लेफ्टिनेन्ट जनरल (सेवानिवृत्त) कैवल्या त्रिविक्रम परनाइक सिक्किमको तीन दिवसीय भ्रमणमा गत ११ जनवरीका दिन गान्तोक आएका थिए। बुर्तुक हेलिप्याडमा राज्यपाललाई विदाई दिन गान्तोकका पुलिस अधीक्षक महेन्द्र सुब्बा, गान्तोकका एडीसी सिसुम वाङ्चुक भोटिया, एएसपी प्रवीण लामिछाने, गृह विभागका एपीओ गोपाल पाठक, सेनाका अधिकारीहरू आदि उपस्थित थिए।

उल्लेखनीय छ, अरुणाचल प्रस्थान गर्न अघि आज बिहान राज्यपाल परनाइकले सिक्किमका राज्यपाल ओमप्रकाश माथुरसॅंग राजधानीको लोकभवनमा शिष्टाचार भेट गरे। सोमबार सिक्किमका मुख्यमन्त्री पीएस तामाङले राज्यपाल परनाइकसंग लोकभवनमा शिष्टाचार भेट गरेका थिए।

आफ्नो प्रवासका क्रममा उनी आइतबार भारतीय सेनाको गान्तोक आधारित ब्ल्याक क्याट डिभिजनको ६५औं स्थापना दिवसमा सहभागी बनेका थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande