राज्यपालले बुधवार जोरथाङ माघे संक्रान्ति मेलाको उद्घाटन गर्ने
राज्यपालले बुधवार जोरथाङ माघे संक्रान्ति मेलाको उद्घाटन गर्ने


गान्तोक, 13 जनवरी (हि.स.)। सिक्किमका राज्यपाल ओमप्रकाश माथुर दुई दिवसीय प्रवासमा आज सोरेङ जिल्लाको बैगुने पुगे। राज्यपाललाई यहॉं क्षेत्र विधायक मदन सिन्चुरीको अगुवाईमा माघे संक्रान्ति मेला आयोजन समितिद्वारा स्वागत गरियो। यस अवसरमा सोरेङका जिल्लापाल धीरज सुबेदी र जिल्ला प्रशासनका अधिकारीहरू पनि उपस्थित थिए।

लोक भवनद्वारा प्रेस विज्ञप्ति अनुसार, राज्यपालले भोलि जोरथाङ माघे संक्रान्ति मेला अन्तर्गत विभिन्न कार्यक्रमहरूमा भाग लिनेछन्। राज्यपालले हर्ष व्यक्ति गर्दै जोरथाङ माघे संक्रान्ति मेला सिक्किमको सांस्कृतिक विविधता, लोक कला र सामुदायिक सद्भावको जीवन्त आयोजन बताएका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande