
सिलगढ़ी, 13 जनवरी (हि.स.)। नीति आयोगका उपाध्यक्ष सुमन के. बेरी मंगलवार बिहान बाघडुगरा हवाई अड्डा आइपुगेका छन्। उनी सिक्किमको तीन दिवसीय भ्रमणमा आएका हुन्। बाघडुगरा हवाई अड्डाबाट उनी सिक्किम प्रस्थान भएका छन्।
नीति आयोगका उपाध्यक्ष सुमन के. बेरी सिक्किमको आधिकारिक भ्रमणका क्रममा आज बिहान बाघडुगरा हवाई अड्डा आइपुगे। उनी 13 देखि 16 जनवरी, 2025 सम्म सिक्किमको भ्रमणमा रहनेछन्। उपाध्यक्ष बेरीको साथमा उनकी धर्मपत्नी मैत्रेयी सुमन बेरी र नीति आयोगका सदस्य प्रो. रमेश चन्द पनि सामेल छन्।
आईपीआर विभाग अनुसार, आफ्नो भ्रमणका क्रममा अधिकारीहरू प्रस्तावित कार्यक्रम 'फ्रण्टियर स्टेट डेभलपमेन्ट वर्कशप: फोकस अन् नर्थइस्ट' मा सहभागी बन्नेछन्। यसरी नै अधिकारीहरूले सीमावर्ती र उत्तरपूर्वी राज्यहरूको लागि विकास योजना र नीतिगत पहलहरू सम्बन्धी आधिकारिक बैठक र कार्यक्रमहरूमा भाग लिनेछन्।
बाघडुगरा हवाई अड्डामा नीति आयोगको प्रतिनिधिमण्डललाई सिक्किम सरकारका अधिकारीहरूले स्वागत जनाएका थिए।
हिन्दुस्थान समाचार / बिशाल