
प्रयागराज, 14 जनवरी (हि.स.)। मंगलवारदेखि हराएका चार बालकको शव आज उत्तर प्रदेशको प्रयागराज जिल्लाको पूरामुफ्ती थाना क्षेत्रको अहमदपुर पावन गंगामा घरबाट लगभग एक किलोमिटर टाढ़ा रहेको पोखरीमा फेला परेको छ। दुई दाजुभाइ सहित चार बालकको शव भेटिएपछि सम्पूर्ण गाउँ स्तब्ध छ। मुख्यमन्त्री योगी आदित्यनाथले घटनाप्रति शोक व्यक्त गर्दै जाँचको निर्देश दिएका छन्।
जिल्लाको पूरामुफ्ती थाना क्षेत्रको हुसैनपुर पावन गाउँका निवासी प्रदीप सोनकरका दुई छोराहरू 12 वर्षीय प्रतीक सोनकर र 10 वर्षीय प्रिन्स, उनका छिमेकी स्वर्गीय सन्दीप सोनकरका 11 वर्षीय छोरा प्रियांशु सोनकर र राजेश सोनकरका छोरा 19 वर्षीय छोरा करण सोनकर मंगलवारदेखि बेपत्ता थिए। बुधबार चारै बालकको शव घरदेखि लगभग एक किलोमिटर टाढ़ा रहेको पोखरीमा फेला पऱ्यो। शव फेला परेको जानकारी पाएपछि पुलिस र प्रशासनिक अधिकारीहरू घटनास्थलमा पुगे। पुलिसले पोखरीबाट चारै जनाको शव निकालेर पोस्टमार्टमको निम्ति पठाएको छ।
परिवारका सदस्यहरूले मंगलवार दिउँसो 4 बजी चारै जना बालक अचानक हराएको बताएका छन्। खोजबीन गरेपछि उनीहरूले पूरामुफ्ती थानामा जानकारी गराए। पुलिसले गाउँमा आएर सोधपुछ गरी फर्केको थियो। परिवारका सदस्यहरूले पनि अहिलेसम्म कुनै टिप्पणी गरेका छैनन्।
पुलिस उपायुक्त नगर मनीष कुमार शांडिल्यले बताए, चारै बालकको शव पोखरीमा फेला परेको छ। पहिलो नजरमा मृत्युको कारण डुबेर भएको देखिन्छ। यद्यपि, मृत्युको सही कारण पोस्टमार्टम रिपोर्टबाट पत्तो लाग्नेछ। घटनाबारे थाहा पाएपछि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले समवेदना व्यक्त गरेका छन्। उनले जिल्ला अधिकारीहरूलाई दुर्घटनाको विस्तृत अनुसन्धान गर्न निर्देशन दिएका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी