
कोलकाता, 14 जनवरी (हि.स.)। पश्चिम बंगालमा चुनाउ आयोगका नियमहरूलाई कड़ाईपूर्वक पालन गरिएको एउटा अनौठो उदाहरण प्रकाशमा आएको छ। पूर्व बर्दवान जिल्लाको कटवा विधानसभा क्षेत्रस्थित बूथ नम्बर-165 का बूथ लेभल अफिसर (बीएलओ) देवशंकर च्यटर्जीले मतदाता सूचीमा पाइएको “तार्किक विसंगति”- को कारणले आफू सहित आफ्नी पत्नीलाई समेत एसआईआर सुनवाईको नोटिस जारी गरेका छन्।
देवशंकर च्यटर्जीले बताए, हालैमा मतदाता जानकारीको सत्यापन अवधि उनको र उनकी पत्नी अनिन्दिता च्यटर्जीको दस्तावेजमा केही विसंगतिहरू देखियो। चुनाउ आयोगले उनको पिताको उपनामको स्पेलिंगमा त्रुटि पायो भने उनकी पत्नी र उनको पिताको उमेरसित सम्बन्धित जानकारीमा पनि अन्तर पाइयो।
चुनाउ आयोगको एपको माध्यमबाट नोटिस प्राप्त भएपछि देवशंकरले बीएलएको रूपमा आफ्नो जिम्मेवारी निर्वा गर्दै कुनै प्रकारको छुट बिनै प्रक्रिया पूरा गरे। उनले भने, “म बीएलओ भए पनि चुनाउ आयोगका नियमहरूको पालन गर्नु मेरो जिम्ममेवारी हो। मेरो परिवारले कुनै विशेष छुट पाउन सक्दैन। कानूनको नजरमा सबै बराबर हो।”
यस फसेलालाी उनकी पत्नी अनिन्दिता च्यटर्जीले पनि स्वीकार गरेकी छन्। अब अन्य नागरिकहरू जस्तै यी दम्पत्तिले पनि सुनवाईमा सामेल हुनको लागि पंक्तिबद्ध भएर सम्पूर्ण प्रक्रियालाई पूरा गर्नुपर्छ। यो घटना कटवा शहरमा चर्चाको विषय बनेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा