
कोलकाता, 15 जनवरी (हि.स.)। त्रेता युगमा गंगासागर तटमा जुन पुण्य मुहूर्तमा माँ गंगाले राजा सागरका पुत्रहरूलाई स्पर्श गरी मोक्ष प्रदान गरेकी थिइन्, सोही शुभ मुहूर्तमा पुण्य स्थान गर्नका लागि यसपालि 85 लाख मानिसहरू आइपुगेका छन्। पश्चिम बंगाल सरकारद्वारा जारी आँकड़ा अनुसार बहीवार बिहान गंगासागर तटमा यी मानिसहरूले आस्थाको डुबुल्की लगाए।
यस वर्ष गंगासागर मेलामा एक विशेष दृश्य देख्न पाइयो। पहिलो पटक तेस्रो लिंगीय (किन्नर) साधुहरूको संगठित उपस्थिति दर्ता गरियो। उनीहरूको लागि विशेष अखाड़ा स्थापना गरिएको छ जसलाई हेर्नका लागि श्रद्धालुहरूको व्यापक भीड़ उर्लिएको छ। अहिलेसम्ममा किन्नर साधुहरू भिन्न-भिन्न रूपमा मेलामा आउँथे भने यसपालि अन्य साधु-सन्तहरूको सहयोगमा उनीहरूलाई भिन्नै अखाड़ा दिइएको छ जुन अखाड़ाबाट 12 जना किन्नर साधुहरू गंगासागरमा आएका छन्।
मकर संक्रान्तिको अवसरमा गंगासागर मेला पूर्ण रूपमा श्रद्धा अनि आस्थाको रंगमा रंगिएको देखियो। पवित्र स्नानको लागि अहिलेसम्ममा लगभग 85 लाख श्रद्धालुहरू गंगासांगर आइपुगेका छन्। दक्षिण 24 परगना जिल्ला प्रशासन अनुसार बिहीवार अपरान्हसम्म स्नानको शुभ मुहूर्त रहेको कारणले रातीसम्ममा श्रद्धालुहरूको संख्या बढ़ेर एक कड़ोर पुग्ने आशा छ। कपिल मुनि आस्रमका मुख्य महन्त ज्ञानदासजी महाराजले बताए, बिहीवार बिहानदेखि नै श्रद्धालुहरूले आस्थाको डुबुल्की लगाउन शुरू गरेका छन्।
प्रशासनिक आँकड़ा मुताविक गए बुधवार अपरान्ह 3 बजेसम्ममा 85 लाखभन्दा अधिक पुण्यार्थीहरूको गंगासागरमा उपस्थिति रहेको थियो। समय बित्दै गएपछि भीड़ पनि लगातार बढ़्दै गइरहेको छ। राज्यका विभिन्न जिल्लाहरूसँगसँगै अन्य राज्यहरूबाट पनि ठूलो संख्यामा श्रद्धालुहरू गंगासागर तर्फ प्रस्थान भइसकेका छन्। बिहीवार अपरान्ह 01 बजेर 19 मिनटसम्म पुण्य स्नानको शुभ साइत रहेको छ जसलाई ध्यानमा राखेर प्रशासनले अतिरिक्त तयारी गरेको छ।
राज्यका मन्त्री अरूप विश्वासले बताए, मेलामा पेयजल, बस्ने र स्वास्थ्य सुविधाहरूको पर्याप्त व्यवस्था गरिएको छ। उनले भने, बाहिरबाट आएका श्रद्धालुहरू पनि व्यवस्थादेखि सन्तुष्ट छन्। मेलामा लगभग 150 स्वयंसेवी संगठन तथा लगभग 10 हजार कर्मीहरू दिन-रात सेवा कार्यमा जुटिरहेका छन्।
यसबीच मेलामा अहिलेसम्ममा एकजना श्रद्धालुको मृत्यु भएको सूचना प्राप्त भएको छ। मित्थु मण्डल नामक मृतक असम निवासी रहेको बताइएको छ। यस अतिरिक्त पाँचजना श्रद्धालुहरूको स्वास्थ्य बिग्रिएको कारणले एयरलिफ्ट गरी उन्नत उपचारको निम्ति पठाइएको छ। स्थितिलाई सम्हाल्नको लागि प्रशासन, मन्त्री, अधिकारी तथा स्वयंसेवी संस्थाहरूले निरन्तर घटनास्थमा निगरानी राखिरहेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा