
हुगली, 15 जनवरी (हि.स.)। हुगली जिल्लाको चण्डीतला थाना क्षेत्रमा पुलिसले एक जाली कल सेन्टरमा छापा मारी अनलाइन बेटिंग तथा साइबर गिरोहको भण्डाफोर गरेको छ। यस मामिलामा पुलिसले सातजना मानिसहरूलाई पक्राउ गरेको छ जसमा तीनजना नेपाली नागरिक पनि सामेल छन्। पुलिसले आशंका व्यक्त गरेको छ, यस गिरोहको तार अन्य राज्य मात्र नभएर अन्तर्राष्ट्रिय स्तरसम्म जोड़िएको छ।
पुलिस सूत्र अनुसार चण्डीतलाको आइया बाँधपुर क्षेत्रमा लगभग डेढ़ महिनापूर्व सातजना युवकहरूले एउटा घर भाड़ामा लिएका थिए। सोही घरबाट जाली अनलाइन कल सेन्टर संचालन गरिँदै आएको थियो। अन्य मानिसहरूको आवागमनमाथि नजर राख्नको लागि सम्पूर्ण घरलाई सीसीटीभी क्यामराले ढाकिएको थियो। संदिग्ध गतिविधि भइरहेको सूचना प्राप्त भएपछि गत मंगलवार राती चण्डीताला थाना प्रभारी बापी हालदारको नेतृत्वमा पुलिसले छामा माऱ्यो। यस अवधि सातजना आरोपीहरूलाई पक्राउ गरियो।
पक्रा पर्ने आरोपीहरूमा तीनजना नेपाल निवासी छन् भने अन्य उत्तर प्रदेश र झारखण्डका रहेका छन्। गए बुधवार साँझ हुगली जिल्ला पुलिस (ग्रामीण)- का अतिरिक्त पुलिस अधीक्षक कल्याण सरकारले बताए, जाँचबुझमा आरोपीहरूले नक्कली कलज सेन्टरसँगसँगै अनलाइन बेटिंग ऱ्याकेट संचालन गर्दै आइरहेको कुरालाई स्वीकार गरेका छन्।
पुलिसले छापामारीमा ल्यापटप, मोबाइल फोन, केही अन्तर्राष्ट्रिय क्रेडिट कार्ड लगायत भारतीय क्रेडिट र डेबिट कार्ड जफत गरेको छ। जाँचमा थाहा लागे अनुसार आरोपीहरूले विभिन्न गेमिंग तथा निवेश प्लेटफर्मको माध्यमबाट आम मानिसहरूबाट ठूलो रकम ठगिरहेका थिए। सोशल मीडियालाई उपयोग गरी यस बेटिंग चक्रलाई चलाइरहेका थिए।
पुलिसले दाबी गरेको छ, अन्तर्राष्ट्रिय कार्डहरूलाई उपयोग गरी देशका विभिन्न राज्यहरूमा ठगी गरियो भने अहिलेसम्ममा डेढ़ कड़ोर रुपियाँभन्दा अधिक ठगिसकेको प्रमाण प्राप्त भएको छ। यस गिरोहसित सम्बन्धित अन्य मानिसहरूको पहिचान अनि सम्पूर्ण नेटवर्क बारे पत्तो लगाउनको लागि जाँच जारी छ।
बुधवार सबै आरोपीहरूलाई अदालतमा पेश गरियो जहाँबाट आरोपीहरूलाई दश दिनको पुलिस हिरासतमा राख्ने आदेश दिइएको छ। पुलिस अधिकारीहरूको भनाइ छ, हिरासत अवधि गहन जाँचबुझ गरी यस साइबर ठगी र अनलाइन बेटिंग ऱ्याकेटसित जोड़िएका अन्य महत्वपूर्ण खुलासा गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा