
करिमगंज (असम), 15 जनवरी (हि.स.)। करिमगञ्ज जिल्लाको पाथारकान्दी क्षेत्रमा भएको एक सड़क दुर्घटनामा एकजना व्यक्तिको मृत्यु भयो भने पाँचजना घाइते भए। पुलिसले बिहीवार बतायो, पहाड़को उकालो चढ़्दा एउटा वाहन पाथारकान्दीमा दुर्घटनाग्रस्त भयो। यस दुर्घटनामा एकजना मानिसको घटनास्थलमै मृत्यु भयो अनि अन्य पाँचजना मानिसहरू गम्भीर रूपमा घाइते भए। मृतक व्यक्तिको पहिचान जामरूल हकको रूपमा भएको छ।
घटनाबारे जानकारी पाउनसाथ घटनास्थलमा पुगेर पुलिसको एक टीमले सबै घाइतेहरूलाई उपचारको लागि अस्पतालमा पठाइदियो। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी मामिलाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा