सिरमौरमा आवासीय घरमा आगलागी, चारजनाको मृत्यु भएको आशंका
सिरमौरमा आवासीय घरमा आगलागी, चारजनाको मृत्यु भएको आशंका


नाहन, 15 जनवरी (हि.स.)। सिरमौर जिल्लाबाट एक हृदयविदारक घटना सामु आएको छ। संगड़ाह उपमण्डलको नौहराधार खण्ड अन्तर्गत घंगुरी पञ्चायतस्थित तलंगना गाउँ निवासी मोहन लालको घर आगलागीको चपेटमा पऱ्यो। यस भयानक अग्निकाण्डमा घरभित्र उपस्थित चारजना मानिसहरूको जिउँदै जलेर मृत्यु भएको आशंका व्यक्त गरिँदैछ।

प्राप्त जानकारी अनुसार गए अबेर राती लगभग अढ़ाई बजे आगो द्रूत गतिमा फैलिएको कारणले घरका सदस्यहरूले बाहिर निक्लिने मौका समेत पाएनन्। स्थानीय ग्रामीणहरूले धुँवाको मस्लो र आगो बलेको देखेर तुरून्त राहत कार्य शुरू गरे। प्रशासनले घटनाको सूचना भोर बिहान मात्र पायो। बचाउ दल र पुलिस घटनास्थल तर्फ प्रस्थान भइसकेको छ। आगोलाई निभाउने प्रयास जारी छ।

घटनाबारे सूचना पाउनसाथ स्थानीय विधायक एवं प्रदेश कंग्रेस अध्यक्ष विनय कुमार आफ्नो दिल्लीको कार्यक्रमलाई स्थगित गरी घटनास्थल तर्फ प्रस्थान बेका छन्। उनले यस घटनाप्रति गहिरो शोक व्यक्त गर्दै प्रशासनलाई घटनाको तुरून्त जाँच गर्ने अनि पीड़ित परिवारलाई हरसम्भव मद्दत गर्ने आदेश प्रशासनलाई दिएका छन्। यसको साथै सबै क्षेत्रवासीहरूसित आग्रह गरेका छन्, जाड़ोको मौसममा अंगिटी बालेर ताप्नेहरूले सुत्नअघि निभाउन् अनि सिलेण्डरलाई बन्द गरुन् ताकि यस्तो दुर्घटना नहोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande