
कोलकाता, 16 जनवरी (हि.स.)। टिकट भए पनि यात्रीहरूले ट्रेनमा चढ़्ने अवसर पाएनन्। शुक्रवार बिहान सियालदह उत्तर शाखाको बामनगाछी स्टेशनमा रोकिने अनुमति भए पनि सियालदह तर्फ जाने रानाघाटबाट चल्ने वातानुकूलित (एसी) लोकल ट्रेन स्टेशनमा नरोकी अगाड़ि बढ़्यो। यसबाट स्टेशनमा उपस्थित यात्रीहरू सहित ट्रेनमा सवार केही यात्रीहरूलाई गम्भीर समस्या भयो।
प्राप्त जानकारी अनुसार समय-सारिणी मुताविक सियालदह तर्फ जाने रानाघाट–सियालदह वातानुकूलित लोकलको बामनगाछी स्टेशनमा रोकिुे निर्धारित थियो। बिहान लगभग 25 जना यात्रीहरूले टिकट लिएर प्लेटफर्ममा ट्रेनको प्रतिक्षा गरिरहेका थिेए। तर ट्रेन आए पनि बामनगाछी स्टेशनमा रोकिएन। यसले गर्दा यात्रीहरू ट्रेनमा सवार हुन सकेनन् साथै ट्रेनमा सवार जुन यात्रीहरूलाई बामनगाछीमा उत्रिनु थियो उनीहरू पनि उत्रिन पाएनन्। घटनापछि आक्रोशित यात्रीहरूले स्टेशन परिसरमा विरोध प्रदर्शन गरे। यात्रीहरूको आरोप छ, ट्रेनमा तैनाथ रक्षकको लापरवाहीको कारणले नै यो ट्रेन बामनगाछी स्टेशनमा रोकिएन।
बामनगाछी स्टेशन अधीक्षक ननीगोपाल सरकारले सम्पूर्ण मामिलाको जानकारी सियालदहस्थित रेल नियन्त्रण कक्षलाई दिए। त्यसपछि नियन्त्रण कक्षबाट निर्देश दिइयो, बनगाउँ तर्फ जाने वातानुकूल लोकललाई बारासत स्टेशनमा रोकियोस्। साथै बामनगाछी स्टेशनबाट वातानूकुल लोकलको टिकट लिने यात्रीहरूसित अनुरोध गरियो, उनीहरू अघिल्लो दत्तपुकुर जाने लोकल ट्रेन मार्फत बारासातमा आएर त्यहाँबाट बनगाउँतर्फ जाने वातानुकूल लोकलमा सवार होउन्।
यता बामनगाछी स्टेशनमा उत्रिने यात्रीहरूलाई बाध्यतावश बारासात स्टेशनमा उत्रिनु पऱ्यो अनि त्यहाँबाट पुनः बामनगाछी फर्किनुपऱ्यो जसबाट उनीहरूलाई अतिरिक्त समस्याको सामना गर्नुपऱ्यो।
रेल सूत्र अनुसार बामनगाछी स्टेशनमा ट्रेन नरोकिएको कारणको जाँच गरिँदैछ। पूर्व रेलवेकी मुख्य जनसम्पर्क अधिकारी दीप्तिमय दत्तले बताइन्, घटनाको जानकारी प्राप्त भएको छ। सम्पूर्ण मामिलाको गम्भीर रूपमा जाँच गरिँदैछ।
घटनाको सूचना पाउनसाथ तृणमूल कंग्रेस अल्पसंख्यक प्रकोष्ठका प्रखण्ड अध्यक्ष एवं यात्री नागरिक समितिका सदस्य बाकिबुल्ला सरदार बामगाछी स्टेशनमा पुगे। उनले बताए, यस घटनालाई लिएर रेलवेका महाप्रबन्धक तथा मण्डल रेल प्रबन्धक समक्ष लिखित सिकायत गरिनेछ। साथै वातानुकूलित लोकल ट्रेनहरूको लागि मासिक यात्रा टिकटको सुविधा शुरू गर्नेमाग पनि गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा