विद्यालयमा 56औं वार्षिक खेलकूद प्रतियोगिता आयोजित
विद्यालयमा 56औं वार्षिक खेलकूद प्रतियोगिता आयोजित


जलपाईगुड़ी, 16 जनवरी (हि.स.)। राजगञ्ज प्रखण्डको बिन्नागुड़ी ग्राम पञ्चायत अन्तर्गत आमबाड़ी-फालाकाटा चिन्ता मोहन उच्च विद्यालयमा अत्यन्त उत्साह र उमंगको साथमा विद्यालयको 56औं वार्षिक खेलकूद प्रतियोगिता आयोजना गरियो।

कार्यक्रमको शुभारम्भ राष्ट्रिय झण्डा फहराएर विधायक खगेश्वर रायद्वारा गरियो, त्यसपछि खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन गरियो। यस वर्षको वार्षिक खेलकुद प्रतियोगिदामा 38 वटा विभिन्न खेल स्पर्धाहरूको आयोजना गरिएको छ जसमा विद्यालयका 220 जना विद्यार्थीहरूले भाग लिए।

दिनभरि चल्ने यस खेल कार्यक्रमलाई लिएर विद्यालय परिसरमा एक उल्लासपूर्ण तथा आनन्दमय माहोल देख्न पाइयो। विद्यार्थीहरूमा उत्साह अनि खेल भावना स्पष्ट रूपमा झल्किरहेको थियो। विद्यालय प्रबन्धन औ शिक्षकहरूको सुसंगठित व्यवस्थाको कारणले कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो।

यस अवसरमा विधायक सहित बिन्नागुड़ी ग्राम पञ्चायतका प्रधान समिजुद्दीन अहमद, भोरर आलो थाना प्रभारी सुदीप दत्त, विद्यालय प्रबन्धन समितिका अध्यक्ष च्यामेश्वर राय सहित विद्यालयका शिक्षक-शिक्षिकागण अनि अन्य गण्यमान्य व्यक्तिहरू उपस्थित थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande