
मोरीगाउँ (असम), 16 जनवरी (हि.स.)। मोरीगाउँ जिल्लाको भुरबन्दा क्षेत्रमा द्रूत गतिको बाइक दुर्घटनाग्रस्त भयो जसमा बाइक चालक र सवार दुवैको घटनास्थलमै मृत्यु भयो।
पुलिसले बतायो, शुक्रवार द्रूत गतिको बाइक जिल्लाको भुरबन्दा सड़क किनारमा पर्खालसित ठोक्किएर दुर्घटनाग्रस्त भयो। यस घटनामा बाइक चालक र बाइक सवारको घटनास्थलमै मृत्यु भयो। मृतकहरूको पहिचान आरुप डेका र दीप ज्योति सैकियाको रूपमा गरिएको छ।
घटनाबारे जानकारी पाउनसाथ घटनास्थलमा पुगेको पलिसको टीमले दुवै शवला आफ्नो कब्जामा लिएर पोस्टमर्टम गर्नको लागाि मोरीगाउँ सदर अस्पतालमा पठाइदिएको छ। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी मामिलाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा