भाजपाको राष्ट्रिय अध्यक्षको चुनाउ 20 जनवरीमा
बीजेपी


नयाँ दिल्ली, 16 जनवरी (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) ले 20 जनवरीमा आफ्नो नयाँ राष्ट्रिय अध्यक्ष छनोट गर्नेछ।

पार्टीले शुक्रवार यहाँ राष्ट्रिय अध्यक्षको निर्वाचन प्रक्रियाको औपचारिक घोषणा गर्दै भन्यो, भाजपाको संगठन महोत्सव-2024 अन्तर्गत पार्टीको राष्ट्रिय अध्यक्षको निर्वाचनको लागि नामांकन 19 जनवरीदेखि शुरु हुनेछ र 20 जनवरीमा अध्य़क्षको नामको आधिकारिक घोषणा गरिनेछ।

भाजपा राष्ट्रिय निर्वाचन अधिकारी तथा राज्यसभा सांसद डा. के लक्ष्मणद्वारा जारी कार्य़क्रम अनुसार, यो सम्पूर्ण प्रक्रिया पार्टीको केन्द्रिय कार्यालय, 6-ए, दीनदयाल उपाध्याय मार्ग, नयाँ दिल्लीमा सम्पन्न हुनेछ। चुनावी तालिका अनुसार, राष्ट्रिय निर्वाचन बोर्डको सूची 16 जनवरी शुक्रवार दिउँसो 12 बजी प्रकाशित हुनेछ। त्यसपछि 19 जनवरी सोमवार नामांकन हुनेछ। सोही दिन नामांकन पत्रहरू दिउँसो 2 बजीदेखि 4 बजीसम्म दर्ता गरिनेछ, नामांकन पत्रहरूको जाँच 4 बजीदेखि 5 बजीसम्म हुनेछ र फिर्ता लिने अवधि साँझ 5 बजीदेखि 6 बजीसम्म हुनेछ।

नामांकन प्रक्रिया पूरा भएपछि राष्ट्रिय निर्वाचन अधिकारीद्वारा साँझ 6.30 बजी प्रेस विज्ञप्ति जारी गरिनेछ।

कार्यक्रम अनुसार, आवश्यक परेमा 20 जनवरी मंगलवार बिहान 11.30 बजीदेखि दिउँसो 1.30 बजीसम्म मतदान गरिनेछ, त्यसपछि नयाँ भाजपा राष्ट्रिय अध्यक्षको आधिकारिक रूपमा घोषणा गरिनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande