बांग्लादेशमा हिन्दू शिक्षकको घर जलाइएको भीडियो साझा गरी भाजपाले यसको तुलना मुर्शिदाबादसित गऱ्यो
बांग्लादेशमा हिन्दू शिक्षकको घर जलाइएको भीडियो साझा गरी भाजपाले यसको तुलना मुर्शिदाबादसित गऱ्यो


कोलकाता, 16 जनवरी (हि. स.)। भारतीय जनता पार्टी (भाजपा)-ले शुक्रवार छिमेकी राष्ट्र बंगलादेशको सिलहट जिल्लाको गोवाइनघाटमा एक जना हिन्दू शिक्षकको घर जलाइएको भीडियो साझा गर्दै घटनाको तुलना पश्चिम बंगालको अल्पसंख्यक बहुल मुर्शिदाबाद जिल्लामा भएको हिंसात्मक घटनासित गरेको छ।

भाजपाको सूचना प्रौद्योगिकी प्रकोष्ठका प्रमुख औ पश्चिम बंगालका केन्द्रिय पर्यवेक्षक अमित मालवीयले सोशल मीडिया प्लेटफर्म ‘एक्स’-मा सो भीडियो साझा गर्दै दाबी गरे, सम्बन्धित शिक्षकको घर मात्र यसकारण जलाइयो किनभने उनी हिन्दू हुन्।

सोशल मीडिया पोस्टमा मालवीयले भीडियोलाई आधारको रूपमा पेश गर्दै भने, जसरी पछिल्लो वर्ष पश्चिम बंगालको मुर्शिदाबाद जिल्लामा वक्फ (संशोधन) अधिनियम विरूद्ध भड़्केको हिंसक प्रदर्शन अवधि हिन्दू घरहरूलाई चुनी-चुनी लक्षित गरिएको थियो, त्यसरी नै बंगलादेशमा पनि हिन्दू परिवारमाथि सुनियोजित हमला गरिएको छ। उनले भने, गोवाइनघाट, सिलहटमा शिक्षक बिरेन्द्र कुमार डे उपनाम ‘झुनू सर’- को घरमा आगो लगाइदियो। यो कुनै आकस्मिक हिंसा होइन, एक लक्षित उत्पीड़नको उदाहरण हो।

मालवीयले गोवाइनघाटको घटनाको उल्लेख गर्दै चेताउनी दिए, यदि पश्चिम बंगालमा हिन्दू बंगालीहरूले समयमै खतरालाई बुझेनन् भने उनीहरूले पनि मुर्शिदाबादको शमशेरगञ्जमा पछिल्लो वर्ष भएको दंगामा हरगोविन्दो दास र चन्दन दासको लिन्चिंग जस्तो घटनाको सामना गर्नु पर्नसक्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande