मुख्यमन्त्री ममता ब्यानर्जीले सिलगढ़ीमा ‘महाकाल महातिर्थ’ मन्दिरको राखिन् आधारशिला
मुख्यमन्त्री ममता ब्यानर्जीले सिलगढ़ीमा ‘महाकाल महातिर्थ’ मन्दिरको राखिन् आधारशिला


सिलगढ़ी, 16 जनवरी (हि.स.)। उत्तर बंगाल दौड़ाहको पहिलो दिन मुख्यमन्त्री ममता ब्यानर्जीले सिलगढ़ीलाई एउटा ठूलो उपहार दिएकी छन्। शुक्रवार उनले माटीगाड़ामा प्रस्तावित ‘महाकाल महातिर्थ’ मन्दिरको आधारशिला राखिन्। मुख्यमन्त्रीले दाबी गरिन्, यो मन्दिर विश्वको सबैभन्दा विशाल शिव मन्दिरहरूमध्ये एक हुनेछ।

आधारशिला कार्यक्रमपूर्व मुख्यमन्त्रीले केही विकास परियोजनाहरूको पनि शुभारम्भ गरिन्। मन्दिरको विशेषता तथा योजनाहरूलाई लिएर उनले विस्तृत जानकारी दिइन्। मुख्यमन्त्रीले मन्दिरको नाम ‘महाकाल महातिर्थ’ राखेकी छन् जहाँ शिवको 216 फुट अग्लो भव्य प्रतिमा हुनेछ। यस महातिर्थमा एकसाथ लगभग एक लाख श्रद्धालुहरू भेला हुन सक्नेछन्।

मुख्यमन्त्रीले भनिन्, आगामी दुई-अढ़ाई वर्षभित्रमा यो मन्दिर निर्माणको कार्य पूरा गर्ने लक्ष्य राखिएको छ। सिलगढ़ी शहरको केन्द्रमा अवस्थित यस मन्दिरको लागि आवश्यक भूमि एक ट्रष्टलाई सुम्पिइएको छ। उनले भनिन्, यो मन्दिर उत्तर बंगालको आध्यात्मिक तथा सांस्कृतिक एकताको अनौठो प्रतीक बन्नेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande