
कुचबिहार, 16 जनवरी (हि.स.)। यात्रीहरूको सुविधालाई मध्यनजर गर्दै उत्तरबंग राज्य परिवहन निगम (एनबीएसटीसी)-ले अब भोल्भो स्लीपर बस सेवा शुरू गरेको छ। यसपूर्व बस्ने 6 वटा भोल्भो बसहरू पहिलाबाटै संचालनमा छन् भने अब भोल्भो स्लीपर बसहरू शुरू गरिएको छ।
मुख्यमन्त्री ममता ब्यनर्जीले शुक्रवार सिलगढ़ीबाट भर्चुअली 6 वटा भोल्भो स्लीप र सीएनजी बसहरूको उद्घाटन गरिन्। उनले बताइन्, निगमले परिवहन क्षेत्रमा यसप्रकारको स्लीपर सेवा पहिलो पटक शुरू गरिरहेको छ।
प्रारम्भिक जानकारी अनुसार यी भोल्भो स्लीपर बसहरू कुचबिहार, अलिपुरद्वार र जलपाईगुड़ी जिल्लाबाट संचालित हुनेछन्। तथापि हाल बसहरूको रूट, समय-सारिणी र भाड़ालाई लिएर आधिकारिक जानकारी दिइएको छैन।
शुक्रवार मुख्यमन्त्रीले सिलगढ़ीबाट यी बसहरूको भर्चुअली उद्घाटन गरिन्। त्यसबेला जिल्ला प्रशासनका अधिकारी तथा अन्य कुचबिहार बस टर्मिनसमा उपस्थित थिए। उनले यो पनि संकेत दिइन्, पहिला जस्तै यसपालि पनि नयाँ बस सेवाहरूको शुरूआतमा यात्रीहरूलाई केही दिनसम्म भाड़ामा छुट दिन सकिन्छ।
वर्तमानमा एनबीएसटीसीसित लगभग 700 वटा बसहरू छन् जसमध्ये दिनहुँ औसतन 550-600 बसहरू सड़कहरूमा गुड़्छन्। सेवामा सुधार ल्याउनको लागि निगमले पहिला नै 30 वटा सीएनजी बसहरूलाई खरिद गरिसकेको छ भने अब चाँड़ै नै 60 वटा नयाँ बसहरूलाई अझ सामेल गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा