कांग्रेस सरकारमा तालमेलको अभाव, मन्त्री-अधिकारीको विवादबाट जनता हैरानः भाजपा
कांग्रेस सरकारमा तालमेलको अभाव, मन्त्री-अधिकारीको विवादबाट जनता हैरानः भाजपा


शिमला, 16 जनवरी (हि.स.)। हिमाचल प्रदेशमा कांग्रेस सरकारभित्र चलिरहेको आपसी तानातानलाई लिएर विपक्षी दल भारतीय जनता पार्टी (भाजपा)-ले लक्षित गरेको छ। भाजपा प्रदेश उपाध्यक्ष बिहारी लाल शर्माले शुक्रवार भनेका, मन्त्री तथा अधिकारीहरूबीच भइरहेको विवादबाट राज्यको प्रशासन प्रभावित भइरहेको छ जसको प्रत्यक्ष नोक्सान आम जनताले उठाउन परिरहेको छ।

बिहारी लाल शर्माले भने, लोकनिर्माण मन्त्री विक्रमादित्य सिंह, राजस्व मन्त्री जगत सिंह नेगी र पञ्चायती राज मन्त्री अनिरुद्ध सिंहद्वारा हालैमा दिइएका बयानहरूबाट स्पष्ट भएको छ, सरकारभित्र तालमेलको अभाव छ। एकजना मन्त्रीले के भन्छन्, अर्कोले यसको विरोध गर्छन् अनि तेस्रोले संयम राख्ने कुरा गर्छन्। यसबाट यो सन्देश सम्प्रेषित भइरहेको छ, सरकारसित न त स्पष्ट नेतृत्व छ न काम गर्ने एकजुट दिशा नै छ।

उनले भने, मन्त्रीले सार्वजनिक मञ्च तथा सोशल मीडियामा अधिकारीहरूको सन्दर्भमा दिएको बयानलाई त्यै सरकारका अन्य मन्त्रीले गलत ठहरउँदा अधिकारीहरूको मनोबल कमजोर हुन्छ। यस्तो माहोलमा प्रशासनिक फसेला प्रभावित हुन्छ फलस्वरूप विकाससित सम्बन्धित काम ठप्प हुन्छ।

भाजपा नेता मुताविक यस अन्तरद्वन्द्वको परिणाम प्रदेशका लगभग 75 लाख जनताले भोगिरहेका छन्। विकास कार्यहरूको गति मन्द भएको छ भने शासनमा अस्थिरता देखिँदैछ। सचिवालयदेखि लिएर धरातलीय स्तरसम्म भ्रमको स्थिति सृजना भएको छ। अधिकारीहरू असमञ्जसमा परेका छन् कि कसको निर्देशलाई प्राथमिकता दिने।

बिहारी लाल शर्माले भने, भारतीय जनता पार्टीले यस अव्यवस्था र अराजकतालाई स्वीकार गर्नेछैन। कंग्रेस सरकारले आपसी कलहलाई त्यागेर जनहितका मुद्दाहरूमाथि ध्यान दिनुपर्छ, नत्र आगामी दिनमा जनताले यसको जवाफ दिनेछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande