
शिमला, 16 जनवरी (हि.स.)। शिमलाको उपनगर संजौलीमा एक 15 वर्षीया बालिका बेपत्ता भएकी छे। 14 जनवरी दिउँसो उक्त बालिका अचानक घरबाट निस्किन् र त्यसपछि फर्किनन्। परिवारले धेरै खोजी गरेपनि उसको कुनै पत्ता लागेको छैन।
पुलिस अनुसार, दरभंगा जिल्ला (बिहार) निवासी र हाल शिमलाको संजौलीमा बसोबास गर्ने उजुरीकर्ताले पुलिसलाई बताए, उनकी 15 वर्षीया छोरी 14 जनवरी दिउँसो लगभग 1.30 बजी घरबाट कुनै स्पष्टीकरण नदिई निस्केकी थिइन्। त्यसबेलादेखि उनी फर्किएकी छैनन्।
उजुरीकर्ताले बालिकासँग मोबाइल फोन नभएको बताए। परिवारले आफन्त र वरपरका क्षेत्रमा उसको व्यापक खोजी गरे तर कुनै जानकारी फेला पार्न सकेनन्। त्यसपछि उनीहरूले पुलिससित सम्पर्क गरे।
भारतीय दण्ड संहिताको धारा 137(2) अन्तर्गत संजौली पुलिस थानामा मुद्दा दर्ता गरिएको छ। बालिकालाई खोज्न सबै सम्भव प्रयास भइरहेको पुलिसले जानकारी गराएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी