फतेहाबाद : अनलाइन शेयर ट्रेडिंगको नाममा 19 लाखको ठगी, आरोपी पक्राउ
फतेहाबाद : अनलाइन शेयर ट्रेडिंगको नाममा 19 लाखको ठगी, आरोपी पक्राउ


फतेहाबाद, 16 जनवरी (हि.स.)। अनलाइन शेयर मार्केट ट्रेडिंगको नाममा लाखौं रुपियाँको ठगी गरेको मामिलामा कारबाही गर्दै साइबर क्राइम फतेहाबाद पुलिसले एकजना आरोपीलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीको पहिचान अंकित कुमार, पुत्र होशियार सिंह निवासी गाउँ बहल, खण्ड लोहारू, जिल्ला भिवानीको रूपमा भएको छ। आरोपीलाई अदालतमा पेश गरी न्यायिक हिरासतमा पठाइएको छ।

शुक्रवार थाना साइबर क्राइम फतेहाबाद प्रभारी निरीक्षक राहुल देवले बताए, थानाको साइबर पोर्टलमा सिकायत प्राप्त भएको थियो। सिकायतकर्ता राजेन्द्र सिंह, पुत्र काशी राम निवासी गाउँ मोचीवाली, जिल्ला फतेहाबादले बताए, उनको छोरालाई व्हाट्सएप ग्गरुपको माध्यमबाट शेयर ट्रेडिंगमा अधिक मुनाफा कमाउने प्रलोभन दिइयो। सिकायत अनुसार ठगहरूले विभिन्न ब्यांक थातामा गत 29 अप्रेलदेखि 28 मई, 2025 बीच अलग-अलग ट्रान्जेक्शनको माध्यमबाट 18 लाख 95 हजार रुपियाँ स्थानान्तरण गराए।

पछि निवेश गरिएको राशि फिर्ता लिने प्रयास गर्दा धोकाधड़ी भएको पत्तो लाग्यो। सिकायतको आधारमा थाना साइबर क्राइम फतेहाबादमा 1 जून, 2025-मा धारा 318(4) बीएनएस अन्तर्गत मामिला दर्ता गरी जाँच शुरू गरियो। तकनिकी साक्ष्यको आदारमा आरोपीलाई समातिएको छ। मामिलाको जाँच जारी छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande