लद्दाखको हानलेमा सबैभन्दा कम तापमान -11.2 डिग्री सेल्सियस
लद्दाखको हानलेमा सबैभन्दा कम तापमान -11.2 डिग्री सेल्सियस


लेह, 16 जनवरी (हि.स.)। शुक्रवार जम्मू-कश्मीर औ लद्दाखमा सबैभन्दा कम न्यूनतम तापमान लद्दाखको हानलेमा दर्ता गरियो जुन घटेर -11.2 डिग्री सेल्सियस पुगेको छ। चांगथांग क्षेत्रमा भीषण जाड़ोको प्रकोप व्याप्त भएकोछ। तापमानको आँकड़ाबाट हानले सबैभन्दा चिसो रह्यो जहाँको तापमान अन्य क्षेत्रको तुलनामा धेरै कम थियो। तापमानमा यो तीव्र ह्रासले ट्रान्स-हिमालयी क्षेत्रमा जाड़ोको भीषणतालाई दर्शाउँछ जहाँ शीतकालका चरम महिनाहरूमा लामो समयसम्म शून्यभन्दा तल तापमान रहनु सामान्य कुरा हो।

हानलेमा अत्यधिक ठण्ड भएको कारण यसको उचाईँ, सफा आकाश तथा शुष्क वायुमण्डलीय परिस्थितिले गर्दा सूर्यास्तपछि द्रूत गतिमा तापमान घट्छ। यस्तो परिस्थितिको कारण प्रायः राति र बिहानको शुरूआती घण्टामा तापमान द्रूत गतिमा घट्छ। हानले तथा यस वरपर क्षेत्रका मानिसहरूलाई कठिन जीवन परिस्थितिको सामना गर्न परिरहेको छ जहाँ जमाइदिने रातले उनीहरूको दिनचर्या, पानीको आपूर्ति लाइन तथा बाहिरी गतिविधिहरूलाई प्रभावित पारिरहेको छ।

भीषण चिसोले पशुधनको लागि पनि चुनौतीहरूलाई बढ़ाइरहेको छ। यस सुदूरवर्ती क्षेत्रमा आवागमनलाई सीमित बनाइदिएको छ। मौसम विभागीय अधिकारीहरूले भने, हानले र वरपरका क्षेत्रहरूमा आगामी केही दिनसम्म राती र बिहानको शुरूआती घण्टामा यस्तै जाड़ोको स्थिति कायम रहने सम्भावना छ जबसम्म बादल लागेको वा ताजा हिमपातको कारणले तापमानमा कुनै बद्लाउ आउँदैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande