
रायपुर, 16 जनवरी (हि.स.)। छत्तीसगढ़को राजधानी रायपुरमा आगामी 23 जनवरीको दिन हुन गइरहेको भारत-न्यूजील्याण्ड टी-20 क्रिकेट म्याचलाई लिएर मानिसहरूमा ठूलो उत्साह देखिएको छ। टिकटको लागि इण्डोर स्टेडियममा शुक्रवार बिहानदेखिकै व्यापक भीड़ उर्लिएको छ। बिहानदेखिकै ठूलो संख्यामा विद्यार्थी अनि क्रिकेट प्रेमीहरू टिकट काउन्टरमा पंक्तिबद्ध भएका छन्। यो भीड़लाई केन्द्र गर्दै सुरक्षाको कड़ा व्यवस्था गरिएको छ।
उल्लेखनीय छ, क्रिकेट म्याचको अनलाइन टिकट बिक्री पनि शुरू भइसकेको छ भने स्टुडेण्ट टिकटको बिक्री आज बिहान 10 बजेदेखि शुरू गरिएको छ। विद्यार्थीहरूको लागि टिकटको मूल्य 8 सय रुपियाँ तय गरिएको छ। आयोजकहरू अनुसार एक जना विद्यार्थीलाई एउटै मात्र टिकट दिइनेछ ताकि अधिकभन्दा अधिक विद्यार्थीहरूले म्याचको आनन्द लिने अवसर पाउन्।
रायपुरको इण्डोर स्टेडियममा टिकट बिक्रीको लागि विशेष काउन्टर बनाइएको छ। यसको साथै अनलाइन टिकट खरिद गर्ने दर्शकहरूको लागि फिजिकल टिकट प्राप्तिहेतू अलग्ग काउन्टरको व्यवस्था गरिएको छ। गए बिहीवार साँझ पहिलो चरणको टिकट बिक्रीमा लगभग 12 हजार टिकट मात्र आधा घण्टामा बिक्री भयो जसबाट म्याचलाई लिएर दर्शकहरू कति उत्साहित छन् भन्ने कुराको सहजै अनुमान लगाउन सकिन्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा