प्रेम-प्रसंगमा चक्कुबाजी, एक जना किशोरको मृत्यु
प्रेम-प्रसंगमा चक्कुबाजी, एक जना किशोरको मृत्यु


दुमका, 16 जनवरी (हि.स.)। चक्कुबाजीको घटनामा एक जना किशोरको मृत्यु भयो भने अर्को एक जना किशोर र किशोरी गम्भीर रूपमा घाइते भएका छन्। यो घटना रामगढ़ थाना अन्तर्गत पथरिया नजिक गए बिहीवार अबेर राति भएको हो। जानकारी अनुसार गए बिहीवार साँझ जामा थाना क्षेत्रको तातलोई मेलाबाट दुईजना किशोरहरू क्रमैले डेभिड र लखिन्द्र एक जना किशोरीसित बाइकमा फर्किरहेका थिए। यसै क्रममा रामगढ़ थाना क्षेत्रको पथरिया नजिक बाइक सवार तीन जना युवकहरूले ओभरटेक गरेर उनीहरूको बाइकलाई रोके अनि चक्कुले हमला गरे।

भनिन्छ, आरोपीहरूले किशोरीलाई बजलफ्ती बाइकबाट उतार्ने प्रयास गरे जसको विरोध लखिन्द्र र डेभिडले गर्दा रूष्ट भएर आरोपीहरूले तीनै जनामाथि चक्कुले हमला गरे। यस हमलामा किशोरी सहित दुवै किशोर गम्भीर रूपमा घाइते भए। घटनापछि तीनै घाइतेलाई अबेर राति फूलो झानो मेडिकल कलेज अस्पताल, दुमकामा भर्ती गरियो जहाँ डाक्टरहरूले लखिन्द्रलाई मृत घोषित गरिदिए। किशोरी र डेभिडको उपचार अस्पतालमा भइरहेको छ। मामिलाको गम्भीरतालाई मध्यनजर गर्दै सदर एसडीपीओ विजय कुमार महतो मेडिकल कलेज एवं अस्पतालमा पुगी घाइतेहरूबाट घटनाको जानकारी लिँदै जाँचमा जुटे। पुलिस सूत्र अनुसार घटना प्रेम-प्रसंगसित जोड़िएको छ। हमला किशोरीका आफन्तहरूले गरेका हुन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande