
गान्तोक, 16 जनवरी (हि.स.)। २३–श्यारी निर्वाचन क्षेत्रअन्तर्गत खेवाथाङमा गए राति आगलागीका कारण घर पूर्ण रूपमा जलेर नष्ट भएपछि क्षेत्र विधायक तेन्जिङ नर्बु लाम्थाको नेतृत्वमा पीड़ित परिवारको घरमा स्थलगत निरीक्षण गरिएको छ।
उक्त अवसरमा आपतकालीन व्यवस्थापन विभाग (डीसी कार्यालय) का संयुक्त निर्देशक सोनाम वाङ्दी लेप्चा, नन्दोकका बीडीओ थेन्दुप गेन्सापा, जिल्ला पञ्चायत सदस्य लाक्पा कागाते, वार्ड पञ्चायत सदस्या चोङ डोन्का भोटिया, सीएलसी अध्यक्ष फुर्बा पाख्रीन तथा युवा संयोजक पेम दोर्जे भोटियाको उपस्थिति रहेको थियो।
आगलागीबाट मङ्गले राई र बिकास राईको घरका सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ। आपतकालीन व्यवस्थापन विभागले क्षेत्र विधायकको उपस्थितिमा दुवै पीड़ित परिवारलाई तत्काल राहतस्वरूप चेक हस्तान्तरण गरेको छ। साथै, विधायक लाम्थाले आफ्नो तर्फबाट पनि पीड़ित परिवारका लागि आवश्यक खाद्यान्न तथा अत्यावश्यक सामग्रीहरू प्रदान गरिएको छ।
क्षेत्र विधायकले आगलागी पीड़ित परिवारलाई यस कठिन समयमा सरकारको तर्फबाट पूर्ण सहयोग उपलब्ध गराइने आश्वासन दिएका छन्।
---------------
हिन्दुस्थान समाचार / बिशाल