
- आगलागी, सड़क र रेल अवरोधबाट तनाउ व्याप्त
कोलकाता, 16 जनवरी (हि.स.)। पश्चिम बंगालको मुर्शिदाबाद जिल्लाको अवस्था फेरि एकपटक तनाउपूर्ण भएको छ। झारखण्डका एकजना प्रवासी मजदुरको संदिग्ध अवस्थामा मृत्यु भएको मामिलालाई लिएर शुक्रवार मानिसहरूले व्यापक विरोध प्रदर्शन गरे। आक्रोशित प्रदर्शनकारीहरूले राष्ट्रिय राजमार्गमा आगो लगाउनका साथै तथा रेल लाइनलाई जाम गरिदिए जसबाट जनजीवन पूर्ण रूपमा अस्त-व्यस्त भयो।
मृतकको पहिचान अलाउद्दीन शेख उपनाम अलाई शेख (30)- को रूपमा भएको छ जो बेलडांगाको सुजापुर कुमारपुर ग्राम पञ्चायत क्षेत्रका बासिन्दा थिए। तिनी रोजगारको सिलसिलामा झारखण्ड गएका थिए जहाँ बिहीवार तिनको भाड़ाको घरबाट शव भेटियो। परिवारको आरोप छ, बंगाली र मुस्लिम भएको कारणले अलाउद्दीनलाई प्रताड़ित गरियो, उमाथि कुटपिट गरियो अनि पछि गला दबाएर हत्या गरियो। हत्यालाई आत्महत्याको रूप दिनको लागि शवलाई फाँसीमा झुण्डाइदियो।
घटनाको विरोधमा शुक्रवार बिहानदेखिकै बेलडांगा क्षेत्रमा प्रदर्शन तीव्र भएको छ। प्रदर्शनकारीहरूले डालखोला-बकखाली 12 नम्बर राष्ट्रिय राजमार्गलाई जाम गरेर टायर बाले। यो राजमार्ग उत्तर बंगालको लागि महत्वपूर्ण सम्पर्क मार्ग हो। यस बन्दको कारणले भारी ट्राफिक जाम लाग्यो। कोलकातादेखि उत्तर बंगाल जाने केही वाहनहरू घण्टौंसम्म फसे। यसको साथै प्रदर्शनकारीहरूको एक भागले बेलडांगा रेलवे स्टेशनमा रेल अवरोध गरे। लालगोला–सियालदह शाखामा रेल सेवा बाधित रह्यो। प्रदर्शनकारीहरूले रेलवे ट्र्याकमा बाँस राखेर विरोध गरे।
प्रदर्शनकारीहरूको आरोप छ, अन्य राज्यहरूमा बारम्बार मुस्लिम समुदायका मानिसहरूलाई लक्षित गरिँदैछ। उनीहरूको भनाइ छ, जबसम्म मुख्यमन्त्री स्वयंले आएर पीड़ित परिवारसित भेट गर्दैनन् तबसम्म आन्दोलन जारी रहनेछ।
यस सम्पूर्ण घटनाक्रमलाी लिएर राजनीतिक बयानबाजी तीव्र भएको छ। भाजपा नेता सुकान्त मजुमदारले सोशल मीडिया प्लेटफर्म एक्समा पोस्ट गरी दाबी गरे, राष्ट्रिय राजमार्ग दुई-तीन घण्टादेखिको बन्द छ र रेल यातायात पनि बाधित छ। उनले आरोप लगाए, राज्यको पुलिसलाई राजनीतिक हितको लागि प्रयोग गरिँदैछ जसले गर्दा पुलिस आम मानिसहरूलाई सुरक्षा दिन विफल भएको छ।
भाजपा नेता शुभेन्दु अधिकारीले पनि राज्य सरकार र पुलिसमाथि प्रश्न उठाउँदै माग गरेका छन्, स्थितिलाई तुरून्तै नियन्त्रण गरियोस् साथै अवरोधलाई हटाएर सामान्य स्थिति बहाल गरियोस्।
हाल क्षेत्रमा भारी मात्रामा पुलिस बललाई तैनाथ गरिएको छ। प्रशासनले स्थितिलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा