
कोलकाता, 16 जनवरी (हि.स.)। पश्चिम बंगालमा निपाह भाइरसद्वारा संक्रमित दुईजना नर्सहरूको शारीरिक स्थितिमा बिहीवार उल्लेखनीय सुधार दर्ता गरिएको छ। पूर्व मेदिनीपुर निवासी नर्सलाई भेन्टिलेटरबाट हटाइएको छ। उनको भाइलाई पनि अस्पतालमा भर्ती गरिएको थियो जसलाई होश आएको छ र ओछ्यानमा बसेर बातचित पनि गरिरहेको छ। पूर्व बर्दवानको कटवा निवासी नर्सको अवस्था अहिले पनि गम्भीरै छ, तथापि डाक्टरहरू अनुसार उनको स्थिति पहिलाको भन्दा राम्रो छ। उनले हात-खुट्टा हल्लाउने अनि आँखा खोल्ने प्रयास गरेकी छन्। चिकित्सकहरूले हाल दुवैलाई खतरादेखि बाहिर बताएका छन्।
स्वास्थ्य अधिकारीहरू अनुसार समयमै एन्टीभाइरल औषधि ‘राइबाविरिन’ सहित अन्य औषधिहरूको प्रयोगबाट सुधार सम्भव भएको हो। केरलमा सफल रहेको उपचार मोडललाई अप्नाउँदै दुवै नर्सको उपचार गरियो जसमा अपेक्षाकृत पहिला नै औषधि दिइएको कारण द्रूत गतिमा सुसुधार आएको देखियो।
यसबीच केन्द्रिय ‘नेशनल जोइन्ट आउटब्रेक रिस्पोन्स टीम’ (एनजोर्टी)-ले संक्रमणको स्रोतबारे महत्वपूर्ण जानकारी दिएको छ। शुरूआती अनुमानको विपरीत दुवै नर्स एका-अर्काबाट संक्रमित भएका होइनन् जबकि बारासातको एक निजी अस्पतालमा काम गर्ने क्रममा ‘समान स्रोत’-बाट लगभग एकै समयमा संक्रमित भएको हुनसक्छ। जानकारी अनुसार दुवैले एक अज्ञात ज्वरोबाट पीड़ित महिलाको हेरचाह गरेका थिए जसको पछि मृत्यु भएको थियो। उक्त महिला पनि निपाहबाटै संक्रमित भएको आशंका व्यक्त गरिएको छ।
स्वास्थ्य विभाग मुताविक अहिलेसम्ममा 150 वटा नमूनाहरूको जाँच गरिसकिेको छ जसमा कुनै नयाँ संक्रमण रहेको पुष्टि भएको छैन। बेलेघाटास्थित ‘निर्बी’-लाई निपाह जाँचको नोडल सेन्टर बनाइएको छ। अधिकारीहरूले बताए, हाल डराउने स्थिति छैन। आम जनताको लागि विशेष प्रतिबन्ध जारी गरिएको छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा