
नयाँ दिल्ली, 16 जनवरी (हि.स.)। लोकसभा अध्यक्ष ओम बिरलाले प्रधानमन्त्री नरेन्द्र मोदीलाई राष्ट्रमण्डल देशहरूका लोकसभा अध्यक्षहरू र पीठासीन अधिकारीहरूको 28औं सम्मेलन (सीएसपीओसी) को उद्घाटनको निम्ति उनको दूरदर्शी नेतृत्वप्रति आभार व्यक्त गरे। बिरलाले शुक्रवार एक्समा भनेका छन्, तपाईको (प्रधानमन्त्री मोदी) बाहुलीबाट 28औं सीएसपीओसीको उद्घाटन भारतको लागि मात्र नभई विश्वको सम्पूर्ण लोकतान्त्रिक समुदायको लागि गर्वको क्षण हो।
उनले भने, तपाईको (प्रधानमन्त्री मोदी) सक्षम मार्गदर्शनको कारणले भारतले आज सीएसपीओसीको इतिहासको सर्वाधिक सहभागिता भएको सम्मेलनको आयोजना गरिरहेको छ। लोकतान्त्रिक परम्पराहरूप्रति तपाईको दृष्टिकोणले विश्वव्यापी मञ्चमा संसदीय कार्यलाई नयाँ दिशा र प्रेरणा दिनेछ।
उल्लेख्य, प्रधानमन्त्री मोदीले बिहीवार नयाँ दिल्लीको संसद भवन परिसरमा रहेको संविधान भवनको केन्द्रिय हलमा 28औं सीएसपीओसी सम्मेलनको उद्घाटन गरे। संसदीय लोकतन्त्रमा अध्य़क्षको भूमिका अद्वितीय रहेको बताउँदै प्रधानमन्त्री मोदीले भने, अध्य़क्षले बोल्ने धेरै अवसर पाउँदैनन् तर उनको जिम्मेवारी अरूको कुरा सुन्नु र सबैले बोल्ने मौका पाउँनु भनी सुनिश्चित गर्नु हो। धैर्य अध्यक्षहरूको सबैभन्दा सामान्य गुण हो, जसले कोलाहल मचाउने र अति उत्साही सांसदहरूलाई पनि मुस्कानका साथ सम्हाल्छन्।
हिन्दुस्थान समाचार / भवानी थामी