युवकलाई गोली दागेर अपराधी भाग्यो, मुद्दा दर्ता
युवकलाई गोली दागेर अपराधी भाग्यो, मुद्दा दर्ता


प्रय़ागराज, 16 जनवरी (हि.स.)। उत्तर प्रदेशको प्रयागराज जिल्लाको क्यान्टोनमेन्ट थाना क्षेत्रमा बिहीवार राति अपराधीहरूले एक युवकलाई गोली दागेर भागे। पीड़ितको उजुरीको आधारमा पुलिस टोलीले दुई अज्ञात व्यक्तिहरू विरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको छ। फरार अपराधीहरूको खोजीमा पुलिस टोलीले सम्भावित स्थानहरूमा छापा मारिरहेको छ। शहरका पुलिस उपायुक्त मनीष कुमार शान्डिल्यले बताए, क्यान्टोनमेन्ट पुलिस थाना क्षेत्रको बेली निवासी सद्दामलाई बिहीवार राति गोली हानेर बदमाशहरू भागेका थिए।

पुलिसले घटनास्थलमा पुगेर घाइते सद्दामलाई उपचारको लागि अस्पताल लग्यो। घाइते युवकको परिवारले दिएको उजुरीको आधारमा मुद्दा दर्ता गरिएको छ र अनुसन्धान शुरु गरिएको छ। शंकास्पदहरूको खोजी गर्न सम्भावित स्थानहरूमा छापा मारिएको छ। घाइते युवकको परिवारले माफिया नेता अतिक अहमदका नजिकका सहयोगी आमिर भुट्टो र उनका सहयोगीहरूले जग्गा कब्जा गर्नलाई लिएर आक्रमण गरेको आरोप लगाएको छ।

पीड़ितको उजुरीको आधारमा पुलिसले बिहिवार अबेर राति तीन नाम उल्लेख गरिएका र दुई अज्ञात व्यक्तिहरू विरुद्ध मुद्दा दर्ता गरेको छ। आक्रमणको आरोपी आमिर विरुद्ध धेरै मुद्दा दर्ता छन् र उमाथि गुण्डागर्दीको आरोप पनि लागेको छ। तीन वर्षअघि अपरेशन माफिया अन्तर्गत बेलीको एउटा लज बुलडोजर गरी ध्वस्त पारिएको थियो। पीड़ित अनुसार, उनलाई मार्ने प्रयासमा बम र बन्दुकले आक्रमण गरिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande