
सिलगढ़ी, 16 जनवरी (हि.स)। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले सिलगढ़ीमा प्रस्तावित महाकाल मन्दिरको शुक्रवार शिलान्यास गर्न गइरहेकी छन्। यस कार्यक्रमलाई लिएर उत्तर बंगालको राजनीति तातिएको छ। एकातिर तृणमूल कंग्रेसले यसलाई विकास अनि धार्मिक पर्यटनसित जोड़ेर हेरिरहेको छ भने अर्कोतिर भाजपाले मन्दिर निर्माणको लागत र राज्य सरकारको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ।
गए बिहीवार दार्जीलिङका सांसद औ भाजपाका केन्द्रिय प्रवक्ता राजू बिष्टले सिलगढ़ीमा आयोजित पत्रकार वार्तामा भने, मन्दिरको निर्माण ट्रष्टी बोर्डको माध्यमबाट भएको बताइरहेको छ, तर सम्पूर्ण आयोजन सरकारको ब्यानरमा भइरहेको छ। उनले प्रश्न उठाए, सरकारी स्तरबाटै निमन्त्रण पत्र किन पठाइँदैछ र मन्दिर निर्माणको लागि धनको श्रोत के हो? पत्रकार वार्तामा भाजपा विधायक शंकर घोष, दुर्गा मुर्मू, आनन्दमय बर्मन औ जिल्लाध्यक्ष अरुण मण्डल पनि उपस्थित थिए।
भाजपाका आरोपहरूमाथि सिलगढ़ीका मेयर गौतम देवले प्रत्याक्रमण गर्दै भने, यस प्रकारको बयानको जवाफ दिनु आवश्यक छैन। मेयर देव अनुसार महाकाल धाम बंगालको विकासको एक महत्वपूर्ण प्रतीक बन्नेछ। कार्यक्रम पनि तय समयमै हुनेछ।
कार्यक्रममा आमन्त्रित पद्मश्री सम्मानित भवाईया गायिका गीता राय बर्मनले शिलान्यास समारोहमा सामेल हुनदेखि अस्वीकार गरेकी छन्। उनले आरोप लगाइन्, पद्मश्री प्राप्त भए पनि उनलाई राज्य तथा ब्लक स्तरको सांसकृतिक कार्यक्रमदेखि टाड़ा राखिएको छ। तथापि पद्मश्री पुरस्कारद्वारा सम्मानित लेखक नगेन्द्रनाथ राय भने कार्यक्रममा सामेल हुने सम्भावना व्यक्त गरिँदैछ।
यस वर्ष 2026- को विधानसभा चुनाउपूर्व उत्तर बंगालमा आफ्नो पकड़लाई़ बलियो बनाउनको लागि तृणमूल कंग्रेसको लागि यो परियोजना प्रतिष्ठाको लड़ाईँ मानिँदैछ। यद्यपि मन्दिरको शिलान्यासलाई लिएर शहरमा अपेक्षित प्रचार नभएको कारण राजनीतिक जगतमा चर्चा चुलिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा