प्रदूषण नियन्त्रणको समीक्षा बैठकमा मुख्यमन्त्रीले दिइन् कार्यहरूमा तीव्रता ल्याउने निर्देश
प्रदूषण नियन्त्रणको समीक्षा बैठकमा मुख्यमन्त्रीले दिइन् कार्यहरूमा तीव्रता ल्याउने निर्देश


नयाँ दिल्ली, 16 जनवरी (हि.स.)। मुख्यमन्त्री रेखा गुप्ताले विभिन्न विभागहरूलाई तय समय-सीमाभित्रमा विकास योजनाहरूलाई पूरा गर्ने निर्देश दिँदै भनिन्, दिल्ली सरकारले प्रदूषण उपायहरूलाई लिएर लगातार काम गरिरहेको छ। दिल्ली सचिवालयमा मुख्यमन्त्री रेखा गुप्ताको अध्यक्षतामा शुक्रवार प्रदूषण नियन्त्रणलाई लिएर सम्पन्न समीक्षा बैठकमा प्रदूषणसित सम्बन्धित विभिन्न पक्षहरूमाथि चर्चा गरियो।

यसको जानकारी सोशल मीडिया प्लेटफर्म मार्फत साझा गर्दै बताइएको छ। मुख्यमन्त्रीले बैठकमा इलेक्ट्रिक बसहरूको संख्या बढ़ाउने, मेट्रो फेज-IV को विस्तार, स्मार्ट एवं मल्टी-लेभल पार्किंग, रोड री-डेभलपमेन्ट, ट्राफिक म्यापिंग, फोहोर प्रबन्धन औ शहरी पूर्वाधारसित जोड़िएका सबै कार्यहरूलाई द्रूत गतिमा अगाड़ि बढ़ाउने निर्देश दिइन्। मुख्यमन्त्रीले सबै सम्बन्धित विभागहरूलाई कड़ा निर्देश दिइन्, विकास कार्यलाई तय समय-सीमाभित्रमा पूरा गरियोस्।

बैठकमा दिल्ली सरकारका मन्त्री प्रवेश साहिब सिंह, मनजिन्दर सिंह सिरसा, डा. पंकज सिंह सहित सम्बन्धित विभागीय अधिकारीहरू उपस्थित थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande