
पूर्व बर्दवान, 16 जनवरी (हि. स.)। विशेष गहन पुनरीक्षण (एसआईआर)-लाई लिएर विवाद लगातार बढ़्दै गइरहेको छ। साधारण मतदाता सूची पहिला नै प्रकाशित भइसकेको छ। सुनवाईको प्रक्रिया हाल जारी छ। यसैबीच पूर्व बर्दवान जिल्लामा एसआईआरलाई लिएर फेरि नयाँ विवाद सृजना भएको छ। स्थानीय मानिसहरूको आरोप छ, एसआईआरको नाममा आम नागरिकहरूलाई अकारण सताइँदैछ।
आरोप छ, वर्ष 2002 पूर्व मतदान गरिसकेका मतदाताहरूलाई पनि सुनवाईको लागि बोलाएर समस्यामा पारिरहेको छ। यसैको विरोधमा शुक्रवार बिहान स्थानीय मानिसहरूको एक वर्गले प्रदर्शन गऱ्यो। बिहान 7 बजेर 53 मिनटमा हावड़ा–कटवा रेल शाखाको समुद्रगढ़ स्टेशनमा रेल अवरोध शुरू भयो।
प्रदर्शनकारीहरूको भनाइ छ, एसआईआरको सुनवाईलाई लिएर चुनाउ आयोगको प्रक्रिया तुगलकी फसेला समान छ। वर्ष 2002-को मतदाता सूचीमा दर्ता मतदाताहरूलाई पनि सुनवाईको लागि बोलाइँदैछ। शुक्रवार बिहान राष्ट्रिय झण्डा हातमा बोकेर स्थानीय मानिसहरूले रेलको ट्र्याकमा बसेर विरोध प्रदर्शन गरे।
रेल अवरोधको कारणले रेल परिचालन पूर्ण रूपमा प्रभावित भयो। डाउन कटवा–हावड़ा यात्री लोकल लामो समयसम्म समुद्रगढ़ स्टेशनमा रोकियो। घटनाको सूचना पाउनसाथ राजकीय पुलिस र रेलवे सुरक्षाबल घटनास्थलमा पुग्यो। अधिकारीहरूको आश्वासन पश्चात अन्ततः रेल अवरोधलाई हटाइयो। तथापि यस अवधि नित्य यात्रीहरूलाई विभिन्न समस्याको सामना गर्नुपऱ्यो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा