मणिपुरको कासोम खुल्लेन क्षेत्रमा 14 एकड़ अवैध अफिमको खेती नष्ट
मणिपुरको कासोम खुल्लेन क्षेत्रमा 14 एकड़ अवैध अफिमको खेती नष्ट


कामजोंग (मणिपुर), 16 जनवरी (हि.स.)। मणिपुरको कामजोंग जिल्लामा कासोम खुल्लेन थाना अन्तर्गत बोहराम र इथम गांउँमाझको पहाड़ी क्षेत्रमा सुरक्षा बलहरूको संयुक्त टीमले वन विभाग तथा कार्यपालक मेजिस्ट्रेटको उपस्थितिमा लगभग 14 एकड़मा उब्जाइएको अवैध अफिमको खेतीलाई नष्ट गरिदियो।

अधिकारीहरूले आज बताए, गए बिहीवार संचालित एक अभियानमा पहाड़ी क्षेत्रमा उत्पादित अफिमको फसललाई पूर्ण रूपमा नष्ट गरियो। अभियानको उद्देश्य मादक पदार्थको अवैध खेतीमाथि रोक लगाउनु अनि क्षेत्रमा कानून-व्यवस्थालाई सुदृढ़ बनाउनु थियो।

प्रशासनले स्पष्ट पाऱ्यो, जिल्लामा नशालु पदार्थविरूद्ध अभियानलाई आगामी दिनमा पनि कड़ाईपूर्वक राजी राखिनेछ साथै यस किसिमको अवैध गतिविधिहरूमा संलिप्त मानिसहरूविरूद्ध कानून अनुरूप कारबाही गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande