अवैध हतियार फ्याक्ट्रीको भण्डाफोड़, पाँच अपराधी पक्राउ
अवैध हतियार फ्याक्ट्रीको भण्डाफोड़, पाँच अपराधी पक्राउ


नयाँ दिल्ली, 16 जनवरी (हि.स.)। गणतन्त्र दिवसपूर्व दक्षिण-पश्चिम जिल्ला पुलिसको स्पेशल स्टाफ टीमले ठूलो सफलता हासिल गर्दै अवैध हतियार बनाउने तथा आपूर्ति गर्ने संगठित गिरोहको भण्डाफोर गरेको छ। यस कारबाहीमा हत्या, ग्यांगस्टर एक्ट, लुट तथा आर्म्स एक्ट जस्ता संगीन मामिलाहरूमा सामेल पाँचजना कुख्यात अपराधीहरूलाई पक्राउ गरिएको छ। पुलिसले यिनीहरूको कब्जाबाट 20 वटा अत्याधुनिक देशी पिस्तोल, 12 वटा जिउँदो कारतूस र हतियार बनाउनमा प्रयोग हुने भारी मशिनलाई जफत गरेको छ।

दक्षिण-पश्चिम जिल्लाका पुलिस उपायुक्त अमित गोयलले बताए, यो गिरोहले दिल्ली-एनसीआरसँगसँगै उप्र र हरियाणामा सक्रिय ग्यांगस्टर तथा उपद्रवीहरूलाई अवैध हतियार सप्लाई गरिरहेको थियो।

गुप्त सूचनाको आधारमा कारबाही-

पुलिस उपायुक्त अनुसार गत 4 जनवरीमा अवैध हतियारहरूको सप्लाईमा सामेल आरोपी राजोकरी टी-पोइन्ट, कापसहे़ड़ा नजिक आइरहेको गुप्त सूचना प्राप्त भएको थियो। सूचनाको आदारमा इन्स्पेक्टर विजय कुमार बलियानको नेतृत्वमा स्पेशल स्टाफको टीमले धराप थापेर भारत उपनाम भारूलाई पक्राउ गऱ्यो। भारूको कब्जाबाट एउटा देशी पिस्तोल र एउटा जिउँदो कारतूस जफत गरियो। त्यसपछि कापसहेड़ा थानामा आर्म्स एक्ट अन्तर्गत मामिला दर्ता गरियो। जाँचबुझमा आरोपीले मेरठको काइली गाउँमा चलिरहेको अवैध हतियार फ्याक्ट्रीको खुलासा गऱ्यो। त्यसपछि पुलिस टीमले छापा मारेर फ्याक्ट्रीको भण्डाफोर गऱ्यो अनि घटनास्थलबाट अशरफ अली, उपेन्द्र र सतिशलाई पक्राउ गऱ्यो। फ्याक्ट्री पूर्ण रूपमा चलिरहेको थियो जहाँ व्यापक रूपमा हतियार बनाइँदैथ्यो। जाँच गर्ने क्रममा पुलिसले इम्तेयाज नामक आरोपीलाई पनि पक्राउ गऱ्यो जसले हतियारहरूको किनमेलको काम सम्हाल्थ्यो। पुलिसको भनाइ छ, गिरोहको अन्य सम्पर्क तथा सप्लाई चेनको जाँच भइरहेको छ। यस कारबाहीलाई संगठित अपराध विरूद्ध ठूलो सफलता मानिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande