“तिरुक्कुरल सबैले अवश्य पढ्नुपर्छ” – प्रधानमन्त्री मोदी
“तिरुक्कुरल सबैले अवश्य पढ्नुपर्छ” – प्रधानमन्त्री मोदी


नयाँ दिल्ली, १६ जनवरी (हि.स.)।

प्रधानमन्त्री नरेन्द्र मोदीले जनतासँग महान् दार्शनिक तिरुवल्लुवरद्वारा रचित तिरुक्कुरल अवश्य पढ्न आग्रह गरेका छन्। तिरुवल्लुवरको सम्मानमा प्रत्येक वर्ष तिरुवल्लुवर दिवस मनाइन्छ।

तिरुवल्लुवर दिवसको अवसरमा प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै भनेका छन्, “आज तिरुवल्लुवर दिवसको अवसरमा, म महान् तिरुवल्लुवरप्रति श्रद्धाञ्जली अर्पण गर्दछु, जसका रचनाहरू र विचारहरूले आज पनि करोडौँ मानिसलाई प्रेरणा दिइरहेका छन्। उहाँले सद्भाव र करुणाले भरिएको समाजमा विश्वास गर्नुभयो। उहाँ तमिल संस्कृतिका उत्कृष्ट मूल्यहरूको प्रतीक हुनुहुन्छ। तिरुवल्लुवरको अद्वितीय बुद्धिमत्तालाई प्रतिबिम्बित गर्ने तिरुक्कुरल तपाई सबैले अवश्य पढ्नुस्— यही मेरो अपील हो।”

उल्लेखनीय छ, देश तथा विदेशमा रहेका तमिल समुदायले प्रत्येक वर्ष तमिल महिनाको ‘थाई’ को पहिलो दिन पोंगल पर्व मनाउने गर्छन्। पोंगल उत्सव एक दिनमै सीमित हुँदैन। थाई महिनाको पहिलो दिन पोंगल, दोस्रो दिन मट्टू पोंगल तथा तेस्रो दिन तिरुवल्लुवर दिवस मनाइन्छ। १३३३ तिरुक्कुरलमार्फत जीवनका सबै नैतिक मूल्यहरूको शिक्षा दिने तिरुवल्लुवर एक महान् दार्शनिक थिए।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande