
ग्वालपाड़ा (असम), 16 जनवरी (हि.स.)। असमको ग्वालपाड़ा जिल्ला अन्तर्गत भालुकडुबी पेट्रोल पम्प सामु गए बिहीवार राती भएको एक भयानक सड़क दुर्घटनामा दुईजना मानिसहरूको मृत्यु भयो भने अर्को एकजना गम्भीर रूपमा घाइते भए।
दुर्घटना त्यसबेला भएको हो जतिबेला एउटा ई-रिक्शा र बोलेरो वाहन आपस्तमा ठोक्कियो। यस दुर्घटनामा भालुकड़ुबी निवासी रफिला मराक र धनराशि नाथको घटनास्थलमै मृत्यु भयो। गम्भीर रूपमा घाइते व्यक्तिलाई उपचारको निम्ति नजिकैको अस्पतालमा भर्ती गरिएको छ। सूचना पाउनसाथ पुलिसले घटनास्थलमा पुगेर दुर्घटनाको कारण पत्तो लगाउन जाँच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा