
जौनपुर, 16 जनवरी (हि.स.)। उत्तर प्रदेशको जौनपुर जिल्लाको खेतासराई थाना क्षेत्र अन्तर्गत एक गाउँमा शुक्रवार एक युवकको शव उसको घरको ढोकामा झुण्डिएको अवस्थामा फेला पऱ्यो। परिवारले हत्याको आरोप लगाएको छ। पुलिसले शवलाई पोस्टमार्टमको लागि पठाएको छ र अनुसन्धान शुरु गरेको छ।
थाना प्रभारीले बताए, खेतासराई थाना क्षेत्रको बर्जी गाउँका 26 वर्षीय सुनील राजभरको शव उनको घरको बाहिर गेटमा झुण्डिएको अवस्थामा फेला पऱ्यो। आफ्नो छोराको शव झुण्डिएको देखेर परिवारका सदस्यहरू स्तब्ध भए। जानकारी पाएपछि पुलिस फोरेन्सिक टोली सहित घटनास्थलमा पुग्यो। उनीहरूले शवलाई आफ्नो कब्जामा लिएऱ घटनाबारे परिवारसँग सोधपुछ गरे। परिवारका सदस्यहरूले आरोप लगाए कि उनको छोराको हत्या गरिएपछि शव त्यहाँ ल्याएर झुण्ड्याइएको थियो।
क्षेत्राधिकारी शाहगंज अजीत सिंह चौहानले बताए, परिवारको उजुरीको आधारमा मुद्दा दर्ता गरिएको छ। पोस्टमार्टम रिपोर्टपछि नै मामिलाको सही कारण थाहा लाग्नेछ। पुलिसले हाल यस विषयमा अनुसन्धान गरिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी