
नयाँ दिल्ली, 16 जनवरी (हि.स.)। दिल्लीका जल मन्त्री प्रवेश साहिब सिंहले शुक्रवार नयाँ ‘वाटर मास्टर’ मशिनको जलावतरण एवं नजफगढ़ ड्रेनमा ड्रेजिंग कार्यको शुभारम्भ गरे। यो एउटा मशिन मात्र नभएर यमुनालाई स्वच्छ र निर्मल बनाउने सकंल्पको सशक्त शुरूआत हो।
प्रवेश सिंहले एक्स पोस्टमा बताए, फिनल्याण्डबाट ल्याइएको यो अत्याधुनिक ‘वाटर मास्टर’ मशिन आज नजफगढ़ ड्रेन (पूर्व साइबी नदी)- मा कार्यरत छ। यो मशिनले दशकौंदेखि जमिएको 30–40 वर्ष पुरानो सिल्टलाई काटेर सक्शन तकनिकको माध्यमबाट सोझै बाहिर निक्लिन्छ जसबाट पानी तुरून्तै पुनः ड्रेनमा पुग्छ अनि सिल्ट भिन्नै एउटा ठाउँमा थुप्रिन्छ। पहिलाको मशिनको तुलनामा यो तकनिक कैयौं गुणा अधिक तीव्र, प्रभावकारी तथा आधुनिक छ। लगभग 6 मीटरसम्म पानी बसेर तथा 18 फुट गहिराईसम्म काम गर्नसक्ने यो मल्टिपर्पस एम्फीबियन मशिनले बाढ़ी नियन्त्रण र प्रदूषणलाई रोक्नमा महत्वपूर्ण भूमिका निभाउनेछ।
प्रवेश सिंहले भने, दिल्ली सरकार यमुना तथा यसका नालीहरूलाई सफा गर्न विश्वको सर्वोत्तम तकनिकलाई अप्नाउनको लागि प्रतिबद्ध छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा