
कोलकाता, 17 जनवरी (हि.स.)। कोलकाता समेत सम्पूर्ण पश्चिम बंगालमा फेरि एक पटक जाड़ो बढ़ेको छ। राज्यका अधिकांश भागहरूमा घना कुहिरोको निम्ति मौसम विभागले चेताउनी जारी गरेको छ। उत्तर बंगालका दार्जीलिङ, जलपाईगुड़ी, कालेबुङ, कुचबिहार, उत्तर दिनाजपुर, दक्षिण दिनाजपुर औ मालदा जिल्लामा घना कुहिरो लागिरहने सम्भावना छ जसबाट दृश्यता घटेर 199 मीटरदेखि 50 मीटरसम्म पुग्नसक्छ।
दक्षिण बंगालका केही जिल्लाहरूमा पनि बिहान घना कुहिरोको चेताउनी जारी गरिएको छ। हुगली, उत्तर 24 परगना, पूर्व बर्दवान, पश्चिम बर्दवान, नदिया, बीरभूम औ मुर्शिदाबादमा दृश्यता घटेर 50 मीटरसम्म पुग्नसक्छ जसबाट सड़क अनि रेल यातायात प्रभावित हुने आशंका छ।
मौसम विभाग अनुसार राज्यभरिकै तापमान अब बिस्तारै बढ़्दै जाने सम्भावना छ। उत्तर अनि दक्षिण बंगालका जिल्लाहरूमा आगामी तीन दिनसम्म तापमानमा विशेष बद्लाउ नभए पनि त्यसपछि तीन दिनमा पारा 2-3 डिग्री सेल्सियससम्म बढ़्नसक्छ।
शुक्रवार दार्जीलिङमा न्यूनतम तापमान चार डिग्री सेल्सियस दर्ता गरियो जुन राज्यभरिकै कम तापमान हो। तथापि उत्तर बंगालका अन्य शहरहरूलाई पछार्दै बीरभूमको श्रीनिकेतन चिसोको सूचीमा दोस्रो स्थानमा पुगेको छ जहाँको न्यूनतम तापमान 7.6 डिग्री सेल्सियस दर्ता गरिएको छ।
अन्य प्रमुख स्थानहरू क्रमैले कल्याणीमा 8.4 डिग्री, झाड़ग्राममा 8.8 डिग्री, बाँकुड़ामा 8.6 डिग्री, आसनसोलमा 9.8 डिग्री, कलाईकुण्डामा 9.6 डिग्री, मेदिनीपुरमा 9.1 डिग्री औ उलुबेड़ियामा 9.6 डिग्री सेल्सियस न्यूनतम तापमान दर्ता गरियो।
यस अतिरिक्त दिघामा 10.1 डिग्री, क्यानिंग र बहरमपुरमा 10 डिग्री, पानागढ़मा 10.3 डिग्री, पुरुलियामा 10 डिग्री, ब्यारकपुरमा 10 डिग्री औ सिउड़ीमा 10.2 डिग्री सेल्सियस न्यूनतम तापमान रह्यो। कालेबुङको तापमान 8.5 डिग्री सेल्सियसभन्दा कम दर्ता गरियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा